सामुदायिक विपद व्यवस्थापन समितिलाई विपद व्यवस्थापन सामाग्री हस्तान्तरण

मर्स्याङदी समाचार, ६ भदौ
जिल्लामा क्रियाशिल गैह्र सरकारी सस्थां ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसि) ले सामुदायिक विपद व्यवस्थापन समितिलाई विपद व्यवस्थापन सहायता समाग्री प्रदान गरेको छ । आरसिडिसि र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्तर्गत तिन वटा पालिकाका ११ वटा वडालाई विपद् व्यस्थापन सामाग्री हस्तान्तरण गरेको हो ।
संस्थाले परियोजना सञ्चालन भएको बेसीशहर नगरपालिका वडा नं. १,२, १० र ११ सुन्दरबजार नगरपालिका वडा नं. २, ३, ७, ८ र ९ दोर्दी गाउँपालिकाको वडा नं. ८ र ९ लाई सामाग्री हस्तान्तरण गरेको हो । ११ वटै वडालाई विपदको समयमा उद्धारको लागि प्रयोग हुने हेल्मेट, गमबुट, लाईफ ज्याकेट, डोरी, गल, गैँची, बेल्चा, बाल्टी त्रिपाल, अग्नी निवारक यन्त्र लगायतका सामाग्री प्रदान गरेको हो ।
प्रत्येक वडालाई ३० हजार वराबर गरी ११ वडालाई कुल ३ लाख ३० हजारको सामाग्री प्रदान गरिएको आरसिडिका बजार संयोजक दुर्गाप्रसाद ढुंगानाले जानकारी दिनुभयो । संस्थाले भोटेओडार आँखा अस्पताललाई युरोगार्ड सहयोग गरेको छ ।

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
बसन्ता भट्ट, ९ असोज । बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु
मर्स्याङदी समाचार, ८ असोज । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा
मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण





प्रतिकृया दिनुहोस