Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

इम्प्याक्ट क्लबका लिडरका लागि दुई दिने समीक्षा तथा आत्मचिन्तन कार्यक्रम सम्पन्न

SITENAME

मर्स्याङदी  समाचार, ६ असोज
सदरमुकाम बेसीशहरमा इम्प्याक्ट क्लबका लिडरहरुको समीक्षा, आत्मचिन्तन तथा उत्सवसम्बन्धी दुई दिने कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालकी बाल संरक्षण संयोजक अन्जु भट्टराईले किशोरकिशोरीको संरक्षण, अधिकार तथा उनीहरुको नेतृत्व विकासमा इम्प्याक्ट क्लबले खेल्न सक्ने भूमिकाबारे जानकारी गराउनुभएको थियो । उहाँले किशोरकिशोरीलाई आफ्ना समस्या पहिचान गरी समाधानका लागि सक्रिय रुपमा अघि बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।


त्यस्तै, वल्र्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरुङले किशोरकिशोरीलाई नेतृत्व विकास, क्षमता अभिवृद्धि र समुदायप्रति उत्तरदायी नागरिकका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले क्लबमार्फत किशोरकिशोरीले समुदायमा रहेका विभिन्न सवाल पहिचान गरी समाधानका लागि पहल गर्न सक्ने बताउनुभयो ।


कार्यक्रममा सहभागी इम्प्याक्ट क्लबका लिडरहरुले क्लब सञ्चालनका क्रममा हासिल गरेका अनुभव, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे समीक्षा तथा आत्मचिन्तन गरेका थिए । कार्यक्रममा क्लबका गतिविधिबाट समुदाय तथा किशोरकिशोरीमा परेको प्रभावबारे समेत छलफल गरिएको थियो ।


कार्यक्रमको समापन गर्दै सहभागी सामेल विकले इम्प्याक्ट क्लबमार्फत किशोरकिशोरीमा नेतृत्व गर्ने क्षमता, आत्मविश्वास र सामाजिक उत्तरदायित्वको भावना विकास भएको बताउनुभयो । उहाँले आगामी दिनमा क्लबका गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायका सवालमा सक्रिय रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


किशोरकिशोरीलाई संगठित गर्ने, उनीहरुको क्षमता विकास गर्ने, सक्रिय नागरिकका रूपमा विकास गर्ने तथा समुदायमा रहेका विभिन्न समस्याको पहिचान र समाधानमा सक्षम बनाउने उद्देश्यले इम्प्याक्ट क्लब सञ्चालन गरिएको आरसिडिसिले जनाएको छ ।
वल्र्डभिजन इन्टरनेशल नेपाल र आरसिडिसिको सहकार्यमा करिब दुई महिनाअघि लमजुङका तीन स्थानीय तहमा १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई समेटेर १० वटा इम्प्याक्ट क्लब गठन भएको छ । जसअन्तर्गत दोर्दी गाउँपालिकामा २ वटा, बेसीशहर नगरपालिकामा ५ वटा र सुन्दरबजार नगरपालिकामा २ वटा क्लब गठन गरिएको आरसिडिसिका इम्प्याक्ट अफिसर सुदिल परियारले बताउनुभयो ।
कार्यक्रममा १० वटा इम्प्याक्ट क्लबका १० जना लिडरको सहभागिता रहेको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा क्लबका गतिविधिको समीक्षा, नेतृत्व तथा क्षमता विकास, आत्मचिन्तन, अनुभव आदानप्रदान र आगामी कार्ययोजना लगायतका विषयमा छलफल भएइको थियो ।

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बसन्ता भट्ट, ९ असोज ।  बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

SITENAME

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु

मर्स्याङदी समाचार, ८ असोज ।  स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

SITENAME

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा 

मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

↑