अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग

मर्स्याङदी समाचार, ७ असोज
लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी गुरुङलाई डिप फ्रिज सहयोग गरिएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालको साझेदारीमा सञ्चालित हातेमालो परियोजना अन्तर्गत उहाँलाई डिप फ्रिज सहयोग गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेकी उमा देवी र उहाँका श्रीमान् दुवै ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले २९ हजार बराबरको डिप फ्रिज उपलब्ध गराइएको आरसिडिसिका फिल्ड परिचालक डबल प्रसाद भाटले जानकारी दिनुभयो ।
डिप फ्रिज प्राप्त भएपछि गाउँमा मासु, दूध, दहीलगायतका दुग्ध तथा अन्य खाद्य सामग्री भण्डारण गरी बिक्री वितरण गर्न सहज हुने अपेक्षा गरिएको छ । यसबाट उहाँहरुको आयआर्जनमा वृद्धि भई पारिवारिक आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
भाटका अनुसार स्थानीयस्तरमा साना व्यवसाय तथा आयआर्जनका गतिविधिलाई प्रोत्साहन गर्दै आर्थिक रुपमा कमजोर तथा अपाङ्गता भएका परिवारको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको हो । सहयोगबाट स्थानीयस्तरमै व्यवसाय विस्तार गर्न सहज हुनुका साथै परिवारको नियमित आम्दानीको स्रोत विकास हुने अपेक्षा गरिएको छ ।

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
बसन्ता भट्ट, ९ असोज । बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु
मर्स्याङदी समाचार, ८ असोज । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा
मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण





प्रतिकृया दिनुहोस