जिल्ला स्तरीय सृजनशील लेखन र चित्रकला प्रतियोगिता सम्पन्न

मर्स्याङदी समाचार, १९ कार्तिक ।
विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सृजनशील लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । एकिकृत सेवा कार्यालय लमजुङको आयोजनामा बुधबार वेसीशहरस्थित कार्यलयको सभाहलमा जिल्लास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।
सृजनशिल लेखन प्रतियोगितामा मर्स्याङदी ८ स्थित प्रभातशान्तीपूर्ण माध्यमिक विद्यालयकी छात्रा अस्मिता बाँनिया प्रथम भएकी छिन् भने बेसीशहर ६ स्थित गंगाामिलन माविकी सोनिया रिमाल द्धितिय, सुन्दरबजार ९ स्थित भक्ति नमुना माविका दिपदर्शन भुजेल तृतिय र दोर्दी ९ भारतेस्थित सूयोदय माविका सुजन परियारले सान्त्वना स्थान हासिल गरेका छन् ।
यसैगरी चित्रकला प्रतियोगितामा बालकल्याण मावि बेसीशहरकी इस्पा गुरुङ प्रथम, विद्याज्योती मावि सुन्दरबजारका संगम अधिकारी द्धितिय, अमर मावि मर्स्याङदीकी अनु तामाङ तृथीय र मंगाल मावि मध्यनेपालका साईरस कार्की सान्त्वना भएका छन् ।
दुवै प्रतियोगितामा प्रथमलाई ६ हजार, द्धितियलाई ४ हजार, तृतियलाई ३ हजार र सान्त्वना हुनेलाई २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले गर्नुभएको हो । उहाँले आफूमा भएको प्रतिभा प्रस्तुत गर्ने यस्ता अवसरलाई उपयोग गर्दै अघि वढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एकिकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका प्राविधिक सहायक भानुभक्त थापामगरले स्वागत मन्तव्य गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण अल्पकालिन आश्रय केन्द्र प्रमुख सिर्जना पौडेलले गर्नुभएको थियो । पालिका स्तरमा भएको प्रतिभा पहिचान कार्यक्रममा छनौट भएका विद्यार्थीहरुले जिल्ला स्तरको प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

बेसीशहर बजारमा झिलिमिलि बत्ति जडानले तिहारको रौनकता छायो
मर्स्याङदी समाचार, १९ कार्तिक । तिहारलाई उज्यालोको पर्वको रुपमा लिइन्छ । नेपालीको दोस्रो महान् चाड तिहारको अवसरमा बेसीशहर बजारलाई झिलिमिलि

जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम
मर्स्याङदी समाचार, १७ कार्तिक लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।

लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, १७ कार्तिक क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ







प्रतिकृया दिनुहोस