Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मध्यनेपालमा बजार अनुगमन: ५६ लिटर पेट्रोल र किराना सामग्री जफत 

SITENAME

मर्स्याङदी समाचार, १८ कार्तिक 
लमजुङको मध्यनेपाल नगरपालिकामा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा १० वटा पसलको निरीक्षण गर्दा अवैध रुपमा बिक्रीका लागि राखिएको ५६ लिटर पेट्रोल तथा किराना पसलबाट ११ हजार ३० रुपैयाँ बराबरका सामग्री जफत गरिएको छ । साथै, लेबलिङ नगरी बिक्रीका लागि राखिएका सामग्रीसमेत फेला परेका छन् ।


अनुगमनका क्रममा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रावधान, उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनका विषयमा समेत निरीक्षण गरिएको जनाइएको छ । बजारमा उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले अनुगमन गरिएको हो ।


जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार यसअघि अनुगमनका क्रममा दर्ताविना सञ्चालनमा रहेका पसल अहिले दर्ता गरेर सञ्चालनमा रहेको पाइएको छ । उहाँले बजार अनुगमनले व्यवसायीलाई कानुनी प्रक्रियामा रहेर व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गरेको बताउनुभयो ।


बजारमा अवैध कारोबार नियन्त्रण, उपभोक्ताको अधिकार संरक्षण तथा व्यवसायलाई व्यवस्थित बनाउन नियमित अनुगमन आवश्यक रहेको एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो ।


अनुगमनमा मध्यनेपाल नगरपालिका पशु विकास अधिकृत डा. खिल बहादुर रानामगर, जिल्ला प्रशासन कार्यालयका खरिदार दिनानाथ अधिकारी, इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरीक्षक ध्रुव गौतम, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

भारी वर्षापछि लमजुङमा भएको क्षतिको प्रजिअ खनालद्वारा स्थलगत अनुगमन

मर्स्याङदी समाचार, १२ असोज लमजुङमा असोज ९ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिको प्रमुख जिल्ला खनाल सहितको टोलीले

SITENAME

सुन्दरबजारको पर्यटन प्रवद्र्धन भिजुअल सामाग्रि प्रतिस्पर्धाका उत्कृष्ट तिन जना पुरस्कृत

मर्स्याङदी समाचार, १८ असार सुन्दरबजार नगरपालिकाले आयोजना गरेको “पर्यटन प्रवद्र्धन भिजुअल सामग्री प्रतियोगिता“ को नतिजा सार्वजनिक गरिएको छ

SITENAME

साहित्यकार मिश्रको ‘भजनागोः शिव महिमा’ भजन सार्वजनिक 

मर्स्याङदी समाचार, ३ फागुन ।  सामाजिक कार्य र साहित्य क्षेत्रमा क्रियाशिल लमजुङका लक्ष्मी प्रसाद मिश्रको भजनागोः शिव महिमा सार्वजनिक भएको छ ।

↑