बेसीशहर बजारमा झिलिमिलि बत्ति जडानले तिहारको रौनकता छायो

मर्स्याङदी समाचार, १९ कार्तिक ।
तिहारलाई उज्यालोको पर्वको रुपमा लिइन्छ । नेपालीको दोस्रो महान् चाड तिहारको अवसरमा बेसीशहर बजारलाई झिलिमिलि वत्तिले सजाइएको छ ।
बेसीशहरको त्रिवेणी युवा क्लवले बजार क्षेत्रमा झिलिमिलि वत्ति जडान गरेको हो । बजार क्षेत्रमा मानिसहरुको चहल पहल र झिलिवत्ति जडान सँगै बेसीशहर बजारमा रौनकता छाएको छ ।
त्रिवेणी युवा क्लवले २ लाख रुपैयाको लाख लागतमा बेसीशहर वडा नं. ७ स्थित मनाङेचौतारा देखि एभरेष्ट बैंक सम्मको मुख्य बजारक्षेत्रमा झिलिमिली बत्ति जडान गरेको हो । बत्ति जडानका लागि बेसीशहर नगरपालिकाले जेसिवि र व्यवस्थापनका लागिनगरप्रहरी सहयोग गरेको त्रिवेणि युवा क्लवका उपाध्यक्ष खुशीजंग गुरुङले बताउनुभयो ।
क्लवले विगतका वर्षदेखि नै वजार क्षेत्रमा झिलीमिली बत्ति जडान गर्दै आएको छ । दीपावलीमा घरघरमा झिलीमिली वत्ति वालिने त स्वभाविक नै हो तर पछिल्लो समय पर्वहरुको अवसर पारेर बजार क्षेत्र रंगीन बनाइन्छ । क्लवले दिपावलीको विशेष वत्ति जडान गरेसँगै रातको समयमा वजार क्षेत्र वत्तीको उज्योलेले सुन्दर देखिएको छ । यसले बेसीशहरमा तिहारको रौनकता छाएको स्थानियको भनाई छ ।

जिल्ला स्तरीय सृजनशील लेखन र चित्रकला प्रतियोगिता सम्पन्न
मर्स्याङदी समाचार, १९ कार्तिक । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सृजनशील लेखन र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । एकिकृत सेवा

जिल्ला स्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम
मर्स्याङदी समाचार, १७ कार्तिक लमजुङको बेसीशहरमा मंगलबार अयोजित जिल्लास्तरीय एकल गायन प्रतियोगितामा मध्यनेपालका रुपेश वि.क प्रथम भएका छन् ।

लालीगुराँस युवा क्लब भुजुङको अध्यक्षमा यमबहादुर गुरुङ चयन
मर्स्याङदी समाचार, १७ कार्तिक क्व्होलासोथार गाउँपालिका–४ भुजुङस्थित लालीगुराँस युवा क्लबको २२ औं साधारणसभा तथा १३ औँ अधिवेशन सम्पन्न भएको छ







प्रतिकृया दिनुहोस