एकीकृत सेवा कार्यालयद्वारा बालगृहका बालबालिकालाई न्यानो कपडा

मर्स्याङदी समाचार, ४ मंसिर
विश्व बाल दिवसको अवसर पारेर एकीकृत सेवा कार्यालयले लमजुङको बेसीशहर–२ मा रहेको आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बालगृहका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा करिब २३ हजार रुपैयाँ बराबरका न्यानो कपडा बालगृहलाई हस्तान्तरण गरिएको हो ।
एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालको अध्यक्षता तथा बेसीशहर नगरपालिका–२ का कार्यवाहक अध्यक्ष गुमानसिंह कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कँडेलले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य र उचित पालनपोषणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं एकीकृत सेवा कार्यालयका प्रमुख ढकालले बालबालिकाको हक, हित र संरक्षणका लागि सरकार जिम्मेवार रहेको उल्लेख गर्दै कुनै पनि बालबालिका आधारभूत आवश्यकता र अवसरबाट वञ्चित हुन नहुने बताउनुभयो । उहाँले बालबालिकाको संरक्षण तथा सहयोगका लागि कार्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन एकीकृत सेवा कार्यालयका प्राविधिक सहायक भानुभक्त थापामगरले गर्नुभएको थियो ।

मर्स्याङ्दीमा स्त्रीरोग शिविर, ७९९ महिला लाभान्वित
खुशी माया गुरुङ, ४ मंसिर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविरबाट ७ सय ९९ जना महिला

२० विद्यार्थीलाई ‘माया ममताका साथ शिक्षा’ छात्रवृत्ति
मर्स्याङदी समाचार, ३ मंसिर नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनको सहयोग तथा सर्वोदय सेवाश्रमको संयोजनमा २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

मंसिर २३ गतेदेखि १८ औं युनाईटेड कप २०८३ हुने
मर्स्याङदी समाचार, ३ मंसिर लमजुङको मर्स्याङदी गाउँपालिकामा १८ औं युनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङदी गाउँपालिका वडा नं.







प्रतिकृया दिनुहोस