स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्दै आएका छौँ ः मुख्यमन्त्री पाण्डे

मर्स्याङदी समाचार, ३० कार्तिक
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्दै आएको बताउनुभएको छ । प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षता तथा मुख्यमन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले आफूले सरकारको नेतृत्व सम्हालेपछि साढे तीन वर्षको अवधिमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्नुभयो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रोटोकलअनुसार कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने भए पनि संघीय सरकार र प्रदेश सरकारले समेत उक्त मापदण्ड पूर्ण रूपमा पूरा गर्न नसकेको उहाँको भनाइ थियो । यद्यपि, गण्डकी प्रदेश सरकारले भने निरन्तर उक्त मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।सीमित स्रोतसाधन र असीमित आवश्यकताका बीच पनि उपलब्ध स्रोतको उचित व्यवस्थापन गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको मुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुभयो ।
जिल्लाका जनप्रतिनिधि तथा अस्पताल व्यवस्थापन समितिले अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति थप सुदृढ बनाउन अपेक्षा राख्नु स्वाभाविक भएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री एवं प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेश सभा सदस्य पार्वती तामाङ, पूर्व स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङ, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्का, जिल्ला समन्वय समिति प्रमुख पूर्णवहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमान सिहं अर्याल, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, अस्पतालका पूर्व अध्यक्ष हरिजंग तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतले सम्बोधन गर्दै अस्पतालको सेवा विस्तार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिएका थिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, उपलब्ध स्वास्थ्य सेवा तथा अस्पतालका गतिविधिबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन अस्पतालकी नर्सिङ प्रमुख अञ्जना पौडेल र मेडिकल रेकर्डर सुपरभाइजर पुरुषोत्तम घिमिरेले गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा अस्पतालले हालसम्म हासिल गरेका उपलब्धि, स्वास्थ्य सेवामा पु¥याएको योगदान तथा आगामी योजनाबारे समेत चर्चा गरिएको थियो ।
प्रदेश अस्पताल लमजुङले चौथो वार्षिकोत्सव मनाइरहँदा अस्पतालले सेवा प्रवाहमा हासिल गरेको उपलव्धीको चर्चा सँर्ग पूर्वाधार र जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयहरु उठान भएका थिए । कार्यक्रमका अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष जुन तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अस्पतालको नृत्य प्रतियोगितामा डाक्टर समूह प्रथम
मर्स्याङदी समाचार, ३० कार्तिक प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरुबीच आयोजित सामूहिक नृत्य

सुन्दर बीउ उत्पादक सहकारीको १३औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, कार्तिक २९ सुन्दरबजार नगरपालिका–७ पाउदीस्थित सुन्दर बीउ उत्पादक सहकारी संस्थाको १३औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका

मर्स्याङ्दीमा स्त्रीरोग शिविर सुरु, १२९ महिलाले लिए सेवा
मर्स्याङदी समाचार, २८ कार्तिक मर्स्याङ्दी गाउँपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य




प्रतिकृया दिनुहोस