Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मर्स्याङ्दीमा स्त्रीरोग शिविर, ७९९ महिला लाभान्वित

SITENAME

खुशी माया गुरुङ, ४ मंसिर
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविरबाट ७ सय ९९ जना महिला लाभान्वित भएका छन् । कार्तिक २८ गतेदेखि मंसिर ३ गतेसम्म गाउँपालिकाका सबै नौ वटै वडामा सञ्चालन भएको शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलामध्ये २१ जनालाई चिकित्सकको सल्लाहअनुसार काठमाडौं लगेर निःशुल्क शल्यक्रिया गरिने भएको छ ।


महिलाको प्रजनन स्वास्थ्य तथा स्त्रीरोगसम्बन्धी समस्याको पहिचान, उपचार र आवश्यक परामर्श प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविर मंसिर ३ गते विहिबार वडा नं. ३ स्थित खुदी स्वास्थ्य चौकीमा सेवा प्रदान गर्दै सम्पन्न भएको हो ।
महिलाका लागि महिला संस्था, नेदरल्यान्ड्स तथा स्वदेशी नेपालको प्रायोजन र मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ महिला चिकित्सकहरुले महिलाको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरेका थिए ।


गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएको शिविरमा वडा नं. ७ र ८ का १ सय २९ जना, वडा नं. १ र २ का १ सय जना, वडा नं. ९ का ८४ जना, वडा नं. ४ र ५ का २ सय १४ जना, वडा नं. ६ का १ सय १४ जना तथा वडा नं. ३ का १ सय ५८ जना महिलाले सेवा लिएका छन् ।


शिविरमा स्वास्थ्य परीक्षण गराएका महिलामध्ये वडा नं. ७ र ८ बाट एक जना, वडा नं. ९ बाट तीन जना, वडा नं. ४ र ५ बाट तीन जना, वडा नं. ६ बाट आठ जना र वडा नं. ३ बाट छ जना गरी २१ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि काठमाडौं लगिने भएको छ । उनीहरुको शल्यक्रिया पनि निःशुल्क गरिने आयोजकले जनाएको छ । शिविरमार्फत पाठेघर तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याको पहिचानसँगै समयमै उपचार र विशेषज्ञ चिकित्सकबाट परामर्श पाउने अवसर स्थानीय महिलाले प्राप्त गरेका छन् ।


गाउँपालिकाका सबै वडालाई समेटेर सञ्चालन गरिएको शिविरले ग्रामीण क्षेत्रका महिलालाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन सहयोग पुगेको छ । विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइका कारण विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका महिलाका लागि शिविर उपयोगी बनेको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

एकीकृत सेवा कार्यालयद्वारा बालगृहका बालबालिकालाई न्यानो कपडा 

मर्स्याङदी समाचार, ४ मंसिर  विश्व बाल दिवसको अवसर पारेर एकीकृत सेवा कार्यालयले लमजुङको बेसीशहर–२ मा रहेको आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा

SITENAME

२० विद्यार्थीलाई ‘माया ममताका साथ शिक्षा’ छात्रवृत्ति

मर्स्याङदी समाचार, ३ मंसिर  नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनको सहयोग तथा सर्वोदय सेवाश्रमको संयोजनमा २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

SITENAME

मंसिर २३ गतेदेखि १८ औं युनाईटेड कप २०८३ हुने

मर्स्याङदी समाचार, ३ मंसिर लमजुङको मर्स्याङदी गाउँपालिकामा १८ औं युनाइटेड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । मर्स्याङदी गाउँपालिका वडा नं.

↑