विपद् राहतका लागि लमजुङका तमु (गुरुङ) समुदायको १४ लाखभन्दा बढी सहयोग

खुशी माया गुरुङ, २६ भदौ
लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १४ लाख ४५ हजार ५ सय ७२ रुपैयाँ सहयोग गरेका छन् ।
‘तमु ह्युल छोंज धीं’ गुरुङ राष्ट्रिय परिषद्, बेसीशहर इकाईको पहलमा बेसीशहर क्षेत्रका १७ वटा तमु आमाबाबा समूहबाट उक्त रकम संकलन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
संकलित रकममध्ये शान्तिटोल तमु आमा तथा बाबा समूहले ३ लाख २४ हजार ७ सय ७५ रुपैयाँ, मनाङे चौतारा तमु आमा समूहले १ लाख ५० हजार रुपैयाँ, शेरा तमु बाबा तथा आमा सेवा समाजले १ लाख ४७ हजार १ सय ५५ रुपैयाँ र प्रगति टोल तमु सामुदायिक छोंज धीले १ लाख ३९ हजार २ सय ४५ रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै, चौंध खोला तमु समाजले १ लाख २१ हजार १ सय ६० रुपैयाँ, बेसीशहर नगरपालिका–९ का १४ भाई लेम तमु समाज बिम्दाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, पोंचौं क्हों ङथर घनपोखरा तमु समाजले १ लाख रुपैयाँ र बिम्दा बेसीशहर तमु समाजले ९१ हजार ११ रुपैयाँ सहयोग गरेको तमु ह्युला छोंज धीं बेसीशहर इकाईका कोषाध्यक्ष पूर्णसिङ गुरुङले जानकारी दिनु भयो ।
मालिङ तमु समाजले ७१ हजार ५ सय, न्हॉदा ट्हो (नाल्मा समाज) बेसीशहरले ४० हजार ५ सय ५५, सहजी टोल तमु आमा तथा बाबा समूहले ४० हजार ३ सय ५, दुध कौरी तमु समाजले २८ हजार २ सय, तमु ह्युल छोंज धी बेसीशहर इकाई र भुजुङ तमु समाजले २०÷२० हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी उत्तरकन्या तमु समाजले १५ हजार ५ सय ५५, माँझगाउँ लांकुरीबोट चिसापानी हिले तमु समाजले १५ हजार र पुमा गाउँ तमु समाजले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।
तमु समुदायबाट संकलित उक्त रकम विहिबार नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छोंज धीं का सचिव कृष्ण घलेले बताउनु भयो । विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले समुदायस्तरबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो ।

अस्ट्रेलिया स्थित ब्रिज द ग्याप नेपालले बाढीपीडितका लागि १९ लाख ५० हजार सहयोग
मर्स्याङदी समाचार, २० भदौ । अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (बीटीजीएन) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु लमजुङद्वारा रु. २१ हजार १११ सहयोग
मर्स्याङदी समाचार, १८ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी लमजुङले
.jpeg)
बाढीपीडितका लागि युनिभर्सल एकेडेमीको रु ३ लाख ५० हजारभन्दा बढी राहत सहयोग
मर्स्याङदी समाचार, १८ भदौ । विपद्मा परेका नागरिकलाई साथ दिने मानवीय अभियानअन्तर्गत युनिभर्सल एकेडेमी, बेँसीसहर, लमजुङले बाढीपीडितका लागि रु ३ लाख








प्रतिकृया दिनुहोस