अस्ट्रेलिया स्थित ब्रिज द ग्याप नेपालले बाढीपीडितका लागि १९ लाख ५० हजार सहयोग

मर्स्याङदी समाचार, २० भदौ ।
अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (बीटीजीएन) ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि करिब १९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । मातृभूमिको दुःख साथ दिने उदेश्यले संस्थाले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
लमजुङ, तनहुँ, चितवन, काठमाडौं, पाल्पा र नुवाकोट स्थायी वा पुख्र्यौली घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका नेपालीहरूद्वारा स्थापित ब्रिज द ग्याप नेपाल, बीटीजीएनले बाढीपीडितको राहतका लागि उक्त रकम संकलन गरेको हो । घर, सम्पत्ति तथा जीविकोपार्जनमा क्षति व्यहोरेका परिवारलाई राहत पुर्याउने उद्देश्यले अस्ट्रेलियामा रहेका नेपाली समुदायबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको संस्थाले जनाएको छ ।
बीटीजीएनको अगस्ट ८ मा सम्पन्न साधारणसभाले लमजुङको बेँसीशहर नगरपालिका–७ सातबिसेका निर्मल अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ नेतृत्व चयन भएको छोटो समयमै अध्यक्ष अधिकारीसहितको कार्यसमितिको पहलमा बाढीपीडितका लागि सहयोग रकम जुटाइएको हो । अध्यक्ष अधिकारीले आफूहरु परदेशमा रहेपनि मातृभूमिमा भएको विपद्मा साथमै रहेको र पिडितहरुलाई थोरै भएपनि राहतका लागि सहयोग गरिएको वताउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णकुमार श्रेष्ठले विपद्का बेला विदेशमा रहेका नेपालीले मातृभूमि र नेपाली समुदायप्रतिको दायित्व निर्वाह गरेको बताउनुभयो । उहाँका अनुसार बीटीजीएनले नयाँ नेतृत्वको पहलमा छोटो समयमै उल्लेख्य रकम संकलन गरी राहत कोषमा जम्मा गरेको हो ।
बीटीजीएन विगत १३–१४ वर्षदेखि शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । विशेषगरी शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय अभियानमा समेत सहभागिता जनाउँदै आएको जनाएको छ ।
नयाँ कार्यसमितिको नेतृत्व सम्हालेसँगै अध्यक्ष अधिकारीको पहलमा गरिएको राहत सहयोगले विदेशमा रहेका नेपाली समुदायको सामाजिक उत्तरदायित्व र विपद्मा ऐक्यबद्धताको उदाहरण प्रस्तुत गरेको संस्थाले जनाएको छ ।

अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग
मर्स्याङदी समाचार, ७ असोज लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी

विपद् राहतका लागि लमजुङका तमु (गुरुङ) समुदायको १४ लाखभन्दा बढी सहयोग
खुशी माया गुरुङ, २६ भदौ लमजुङको बेसीशहर क्षेत्रमा बसोबास गर्दै आएका गुरुङ (तमु) समुदायका विभिन्न समाज तथा समूहहरुले प्रधानमन्त्री दैवी प्रकोप राहत

भोटेकोशी बाढीपीडितका लागि अनेरास्ववियु लमजुङद्वारा रु. २१ हजार १११ सहयोग
मर्स्याङदी समाचार, १८ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि अनेरास्ववियु जिल्ला कमिटी लमजुङले





प्रतिकृया दिनुहोस