भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा

मर्स्याङदी समाचार, ७ असोज
भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण कार्यक्रम भएको छ । डा. गुरुङको स्मृतिमा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति लमजुङद्धारा आयोजित कार्यक्रममा उहाँको शालिकमा श्रद्धात्तञ्जली तथा माल्यार्पण गरिएको हो । कार्यक्रममा डा. गुरुङले नेपालको भूगोल, पर्यटन तथा विकासका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको व्यक्तित्व तथा कृतित्वबारे चर्चा गरिएको थियो ।
कार्यक्रम तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष जिवराज घलेको अध्यक्षता तथा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले डा. गुरुङले नेपालको भूगोल, पर्यटन तथा विकासका क्षेत्रमा पु¥याउनुभएको योगदानलाई स्मरण गर्दै उहाँको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, नगर उपप्रमुख पदमा गुरुङ र प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले गुरुङको योगदान र व्यक्तित्वको चर्चा गर्दै उहाँले देखाउनुभएको अध्ययन, अनुसन्धान र विकासको बाटोबाट वर्तमान पुस्ताले सिक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मर्स्याङ्दी गाउँपालिका–७, तङलिङचोकमा विक्रम संवत १९९५ साल पुस २१ गते बाबु पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखवाट ठूल्कान्छा छोराको रुपमा जन्मिएका थिए डा. गुरुङ ।
कार्यक्रममा जिल्ला कार्य समितिका वरिष्ठ उपाध्यक्ष खजेन्द्रबहादुर गुरुङले स्वागत गर्नुभएको थियो भने संचालन सचिब गणेश गुरुङले गर्नुभएको थियो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परि २०६३ साल असोज ७ गते उनको निधन भएको थियो । त्यतिवेला डाक्टर हर्क गुरुङ, वातावरणविद् डाक्टर चन्द्रप्रसाद गुरुङ सहित २४ जना देशविदेशका विज्ञहरुको मृत्यु भएको थियो । उहाँको योगदानको स्मरणमा हरेक वर्ष असोज ७ गते स्मृति दिवस मनाउने गरिएको छ ।
सोही अवसरमा गुरुङको जन्मभूमि भूलभूले ताङ्लीचोकका बासिन्दाले स्मृति दिवस मनाएका छन् । कार्यक्रममा बेसीशहर नगरपालिकाका भित्रका विभिन्न गुरुङ समुदायका अध्यक्ष, उपाध्यक्ष लगायतको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
बसन्ता भट्ट, ९ असोज । बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु
मर्स्याङदी समाचार, ८ असोज । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग
मर्स्याङदी समाचार, ७ असोज लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी





प्रतिकृया दिनुहोस