बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु

मर्स्याङदी समाचार, ८ असोज ।
स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं. –११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु भएको छ ।
वडा स्तरीय महिला सञ्जालको आयोजनामा भएको तालिमको उद्घाटन सञ्जालकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष शिवप्रसाद जोशीको प्रमुख आतिथ्यतामा भएको हो । वडा कार्यालयमा सुरु भएको तालिममा वडाका २४ वटा आमा समूहबाट ६० जना महिलाको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जोशीले महिलालाई सीप प्रदान गरी उद्यमशीलतातर्फ अघि बढाउने उद्देश्यले वडा कार्यालयको महिला लक्षित वार्षिक कार्यक्रमअन्तर्गत सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गरी उत्पादन र आयआर्जनसँग जोडिन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य विजयराज सेढाई र निवर्तमान कार्यपालिका सदस्य कृष्ण नेपालीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै महिलाहरूलाई स्वरोजगार बन्न शुभकामना दिनुभयो । कार्यक्रममा सञ्जालकी उपाध्यक्ष लक्ष्मी घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्जालकी सचिव यमकुमारी श्रेष्ठले गर्नुभएको थियो।
तीन दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक माया गुरुङले विभिन्न नौ प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गर्नुहुनेछ । सहभागी महिलालाई अचार उत्पादन, स्थानीय सामग्रीको उपयोग तथा सीपलाई व्यवसायमा रूपान्तरण गर्ने विषयमा अभ्याससहित प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
स्थानीयस्तरमै उपलब्ध तरकारी तथा अन्य कृषि उपजलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने र त्यसबाट आम्दानीको बाटो खोल्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले महिलाको सीप, आत्मविश्वास र उद्यमशीलता विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
बसन्ता भट्ट, ९ असोज । बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा
मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग
मर्स्याङदी समाचार, ७ असोज लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी





प्रतिकृया दिनुहोस