बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बसन्ता भट्ट, ९ असोज ।
बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ सेवा सुरु गरिएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख पुष्पचन्द्र थापाले ज्येष्ठ नागरिकलाई चेक हस्तान्तरण गर्दै शाखाको औपचारिक शुभारम्भ गर्नुभयो । शाखा सञ्चालनमा आएसँगै चिती तथा आसपासका नागरिकलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
शाखा सञ्चालनका लागि करिब दुई वर्षदेखि निरन्तर पहल र प्रयास गरिएको वडा अध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो। लामो प्रयासपछि चितीमै राष्ट्रिय वाणिज्य बैंकको सेवा सुरु गर्न सफल भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
“शाखा सञ्चालनका लागि करिब दुई वर्षदेखि निरन्तर प्रयास गर्दै आएका थियौँ। अन्ततः हाम्रो प्रयास सफल भएको छ,” वडा अध्यक्ष जोशीले भन्नुभयो । शाखा स्थापनाका लागि सहयोग गर्ने राष्ट्रिय वाणिज्य बैंक तथा सम्बन्धित सबैप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
नयाँ शाखाबाट कर्जा प्रवाहबाहेक राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने अन्य बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ ।
चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयस्तरमा वित्तीय पहुँच विस्तार हुनुका साथै सो क्षेत्रका नागरिकलाई बैंकिङ कारोबारका लागि सदरमुकाम तथा अन्य स्थानमा पुग्नुपर्ने वाध्यता हट्ने भएको छ । स्थानीय नागरिक, ज्येष्ठ नागरिक तथा सेवाग्राहीलाई विशेष रूपमा सहज हुने अपेक्षा गरिएको छ ।

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु
मर्स्याङदी समाचार, ८ असोज । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा
मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

अपाङ्गता भएका दम्पतीलाई डिप फ्रिज सहयोग
मर्स्याङदी समाचार, ७ असोज लमजुङको दोर्दी गाउँपालिका–९,स्थित बराह मिलन आधारभूत विद्यालय नजिकै किराना पसल सञ्चालन गर्दै आउनुभएकी उमा देवी





प्रतिकृया दिनुहोस