Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

हातेमालो साकोसले साधारणसभामा गोलाप्रथा विजेता तिन सदस्यलाई खसी उपहार दिने 

SITENAME

मर्स्याङदी समाचार, १२ असोज ।   
हातेमालो बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरूको सक्रिय सहभागिता प्रोत्साहन गर्न १६ औँ वार्षिक साधारणसभामा सदस्यलाई तीन वटा खसी उपहार दिने भएको छ । साधारणसभामा सहभागी भई कार्यक्रमको अन्त्यसम्म बस्ने सदस्यलाई गोलाप्रथाबाट खसी वा बोका तथा इन्डक्सन चुलो पुरस्कार प्रदान गरिने भएको हो ।


हातेमालोले आइतबार मुख्य कार्यालयमा पत्रकार भेटघाटगरी संस्थाको गतिविधि जानकारी गराउनुको साथै साधारणसभामा आयोजना गर्न लागेको गोलाप्रथा कार्यक्रमबारे जानकारी गराएको हो । संस्थाका अनुसार मुख्य कार्यालय बेसीशहरमा २० हजारदेखि २३ हजार रुपैयाँसम्मको खसी एक जनालाई र चारवटा इन्डक्सन चुलो चार जना गोला प्रथा विजेतालाई प्रदान गरिनेछ  । त्यस्तै, खुदी र भोटेओडार सेवा केन्द्रमा १५ हजारदेखि १८ हजार रुपैयाँसम्मका खसी वा बोका तथा दुई–दुईवटा इन्डक्सन चुलो वितरण गरिनेछ ।


साधारणसभाको निर्धारित समयमा उपस्थित भई कार्यक्रमको अन्त्यसम्म बस्ने सदस्यहरूको नाम मात्र गोलाप्रथामा समावेश गरिने संस्थाका मुख्य प्रबन्धक हिराबहादुर रावलले बताउनुभयो ।

 

संस्थाका मुख्य प्रबन्धक रावलले सदस्यहरूको सक्रिय सहभागिता बढाउनुका साथै संस्थाप्रति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम राखिएको बताउनुभयो । उहाँका अनुसार साधारणसभा संस्थाको वार्षिक गतिविधि र आर्थिक अवस्थाबारे जानकारी लिने अवसर मात्र नभई सदस्यबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने माध्यम पनि हो ।


साधारणसभाका अवसरमा संस्थाका २८ जना संस्थापक सेयर सदस्यलाई सम्मान गरिने कार्यक्रम रहेको छ । त्यसैगरी, संरक्षित पुँजी फिर्ता कोषमार्फत ऋण तथा बचत कारोबारका आधारमा बढी रकम फिर्ता पाउने सदस्यलाई सम्मान गरिनेछ ।


संस्थाले उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट युवा तथा कृषक सदस्य र उत्कृष्ट बाल बचतकर्तालाई पनि सम्मान गर्ने जनाएको छ । एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सदस्यका छोराछोरीलाई समेत सम्मान गरिनेछ ।


संस्थाको १६औँ वार्षिक साधारणसभा असोज २३ गते मुख्य कार्यालय बेसीशहरमा तथा असोज २४ गते खुदी र भोटेओडार सेवा केन्द्रमा आयोजना हुनेछ । साधारणसभामा संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक अवस्था तथा आगामी योजनाबारे छलफलका साथै पुरस्कार तथा सम्मान कार्यक्रम सञ्चालन गरिनेछ । सदस्यहरूको सहभागिता र संस्थाप्रतिको अपनत्व बढाउने उद्देश्यसहित आयोजना गर्न लागिएको खसी पुस्कार कार्यक्रमले साधारणसभालाई थप आकर्षक बनाउने अपेक्षा संस्थाले गरेको छ ।


साकोसका अध्यक्ष प्रभुराम प्रदानको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाको वित्तिय प्रगति तथा विवरणबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र बोहरा, सचिव गोपाल परियार र कोषाध्यक्ष नन्दलाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण

मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

SITENAME

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग

मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग

SITENAME

रसुवा बाढीपीडितलाई लमजुङ उद्योग बाणिव्य संघको २२ लाखको राहत

मर्स्याङदी समाचार, १४ असोज लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि करिब २२ लाख

↑