रसुवा बाढीपीडितलाई लमजुङ उद्योग बाणिव्य संघको २२ लाखको राहत

मर्स्याङदी समाचार, १४ असोज
लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि करिब २२ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री संकलन गरी वितरणका लागि टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले जिल्ला र विभिन्न इकाइमार्फत राहत सामग्री संकलन गरेको हो । संघका अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले बेसीशहरबाट संकलित करिब १५ लाख रुपैयाँ बराबरको सामग्री, सुन्दरबजार इकाइबाट ५ लाख रुपैयाँ र उदिपुर इकाइबाट २ लाख रुपैयाँ बराबरको सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको हो ।
संकलित राहत सामग्री भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई वितरण गरिनेछ । राहत सामग्री नुवाकोटका उद्योग वाणिज्य संघसँग समन्वय गरी वितरण गरिने लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताउनुभयो ।
सामग्री वितरणका लागि संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, सदस्य पुष्पकला मिश्र, महिला उद्यमी विकास संघका उपाध्यक्ष भवानी थापा, सचिव तीर्थ गुरुङलगायतको टोली गएको छ । विपद्को समयमा प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले संघको पहलमा सहयोग सामग्री संकलन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। संघले यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण
मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग
मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग

बच्चाको परीक्षा, आमाको पनि परीक्षा : प्रिन्सिपल गुरुङ
मर्स्याङदी समाचार, १३ असोज बेसीशहर नगरपालिका–७ सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक बैठक आयोजना गरी बालबालिकाको शिक्षामा







प्रतिकृया दिनुहोस