भारी वर्षापछि लमजुङमा भएको क्षतिको प्रजिअ खनालद्वारा स्थलगत अनुगमन

मर्स्याङदी समाचार, १२ असोज
लमजुङमा असोज ९ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिको प्रमुख जिल्ला खनाल सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल नेतृत्वको टोलीले आइतबार बेसीशहर नगरपालिका–१ र दोर्दी गाउँपालिका जोड्ने पुलको उदिपुरतर्फ भासिएको सडक तथा पुल क्षेत्रको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो ।
वर्षाका कारण पुलको उदिपुरतर्फको केही जमिन भासिएपछि ठूला सवारीसाधनको आवागमन रोकिएको छ । निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी खनालले पुलको क्षतिग्रस्त तथा जीर्ण भाग तत्काल मर्मत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको खरिदार अधिकारीले बताउनु भयो । कार्यालयले सोमबारदेखि नै आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
यसैगरी, असोज १० गते लेदोसहितको पहिरोका कारण बेसीशहर नगरपालिका–११ चितीमा क्षति पुगेका घरहरुको समेत स्थलगत निरीक्षण गरिएको छ । पहिरोले प्रकाश सेढाई र विकास सेढाईको घर र रमेश डौलियाको घरमा पु¥याएको क्षतिको विवरण टोलीले संकलन गरेको छ । टोलीले असोज १० गते साँझ परेको भारी वर्षाका कारण मर्स्याङदी गाउँपालिकाको कार्यालयदेखि ङादी जोड्ने सडकमा मर्स्याङदी नदीले पु¥याएको क्षतिको समेत स्थलगत निरीक्षण गरेको छ ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पदमा गुरुङ, प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल, बेसीशहर नगरपालिका–११ का वडाध्यक्ष शिव जोशी तथा पूर्वाधार विकास कार्यालयका प्रतिनिधि नरेश जोशीलगायतको उपस्थिती रहेको थियो ।

सुन्दरबजारको पर्यटन प्रवद्र्धन भिजुअल सामाग्रि प्रतिस्पर्धाका उत्कृष्ट तिन जना पुरस्कृत
मर्स्याङदी समाचार, १८ असार सुन्दरबजार नगरपालिकाले आयोजना गरेको “पर्यटन प्रवद्र्धन भिजुअल सामग्री प्रतियोगिता“ को नतिजा सार्वजनिक गरिएको छ

साहित्यकार मिश्रको ‘भजनागोः शिव महिमा’ भजन सार्वजनिक
मर्स्याङदी समाचार, ३ फागुन । सामाजिक कार्य र साहित्य क्षेत्रमा क्रियाशिल लमजुङका लक्ष्मी प्रसाद मिश्रको भजनागोः शिव महिमा सार्वजनिक भएको छ ।
भ्वाइसकी फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृहजिल्ला लमजुङमा
मर्स्याङदी समाचार, २९ माघ । चर्चित रियालिटि सो ‘भ्वाइस अफ नेपाल’ की फाइनलिष्ट सन्जिता दुरा भोट माग्दै गृह जिल्ला लमजुङ आएकी छिन् । लमजुङको







प्रतिकृया दिनुहोस