Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बच्चाको परीक्षा, आमाको पनि परीक्षा : प्रिन्सिपल गुरुङ

SITENAME

मर्स्याङदी समाचार, १३ असोज
बेसीशहर नगरपालिका–७ सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक बैठक आयोजना गरी बालबालिकाको शिक्षामा अभिभावकको भूमिका तथा घरको वातावरणका विषयमा छलफल तथा अन्तरक्रिया गरेको छ ।


मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा ४ र ५ का करिब ७० जना अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनोद गुरुङले बालबालिकाको शैक्षिक उपलब्धिमा विद्यालयको शिक्षणसँगै घरको वातावरण र अभिभावकको व्यवहारले समेत महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो ।


उहाँले बालबालिकालाई पढ्नका लागि घरमा उपयुक्त वातावरण सिर्जना गर्ने, उनीहरुको नियमित पढाइ तथा गृहकार्यमा चासो दिने, परीक्षाका समयमा मानसिक दबाब नदिई आवश्यक सहयोग गर्ने र बालबालिकाको वास्तविक तयारी बुझेर प्रोत्साहन गर्नुपर्ने विषयमा जानकारी गराउनुभयो ।


प्रिन्सिपल गुरुङले विशेषगरी आमाको भूमिका बालबालिकाको अध्ययन र व्यवहार विकासमा महत्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको परीक्षा अभिभावकका लागि पनि आफ्नो भूमिका र जिम्मेवारीको परीक्षा भएको बताउनुभयो । उहाँले विद्यालय र अभिभावकबीच निरन्तर समन्वय र सहकार्य भएमा बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याउन सकिने धारणा राख्नुभयो ।


कार्यक्रममा अभिभावकहरुले बालबालिकाको नियमित पढाइ, गृहकार्य, परीक्षाको तयारी, मोबाइल तथा सामाजिक सञ्जालको प्रयोग, घरमा अध्ययन गर्ने वातावरण, विद्यालयको शैक्षिक गतिविधि तथा बालबालिकाको अनुशासन र व्यवहार सुधारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।


अभिभावकहरुले विद्यालयले आयोजना गर्ने यस्ता छलफल तथा अन्तरक्रियाले बालबालिकाको अध्ययनप्रति आफूहरुको जिम्मेवारी बुझ्न सहयोग पुग्ने बताएका थिए । साथै विद्यालय र अभिभावकबीच नियमित संवाद तथा समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रिन्सिपल सुवोध नेउपानेले गर्नुभएको थियो । उहाँले अभिभावकहरुबाट उठाइएका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासका लागि विद्यालय र घरबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो । 


कार्यक्रममा विद्यालयको शैक्षिक वातावरण सुधार, बालबालिकाको नियमित उपस्थिति, अध्ययनमा रुचि बढाउने उपाय तथा अभिभावकले घरमा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा समेत छलफल भएको विद्यालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
SITENAME

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण

मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

SITENAME

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग

मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग

SITENAME

रसुवा बाढीपीडितलाई लमजुङ उद्योग बाणिव्य संघको २२ लाखको राहत

मर्स्याङदी समाचार, १४ असोज लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि करिब २२ लाख

↑