Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

रसुवा बाढीपीडितलाई लमजुङ उद्योग बाणिव्य संघको २२ लाखको राहत

SITENAME

मर्स्याङदी समाचार, १४ असोज
लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि करिब २२ लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री संकलन गरी वितरणका लागि टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।


गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले जिल्ला र विभिन्न इकाइमार्फत राहत सामग्री संकलन गरेको हो । संघका अध्यक्ष भरतकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले बेसीशहरबाट संकलित करिब १५ लाख रुपैयाँ बराबरको सामग्री, सुन्दरबजार इकाइबाट ५ लाख रुपैयाँ र उदिपुर इकाइबाट २ लाख रुपैयाँ बराबरको सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको हो ।


संकलित राहत सामग्री भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई वितरण गरिनेछ । राहत सामग्री नुवाकोटका उद्योग वाणिज्य संघसँग समन्वय गरी वितरण गरिने लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले बताउनुभयो ।


सामग्री वितरणका लागि संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ, सदस्य पुष्पकला मिश्र, महिला उद्यमी विकास संघका उपाध्यक्ष भवानी थापा, सचिव तीर्थ गुरुङलगायतको टोली गएको छ । विपद्को समयमा प्रभावित परिवारलाई राहत पु¥याउने उद्देश्यले संघको पहलमा सहयोग सामग्री संकलन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो। संघले यसअघि पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ७० हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण

मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

SITENAME

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग

मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग

SITENAME

बच्चाको परीक्षा, आमाको पनि परीक्षा : प्रिन्सिपल गुरुङ

मर्स्याङदी समाचार, १३ असोज बेसीशहर नगरपालिका–७ सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक बैठक आयोजना गरी बालबालिकाको शिक्षामा

↑