क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग

मर्स्याङदी समाचार, १४ असोज
बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । धितालको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सहयोग सङ्कलन अभियान अन्तर्गत नेपाल मगर संघ नरुवाल इकाइ मगर गुठ र सिर्जना आमा समूह नरुवालले उक्त रकम सङ्कलन गरेका हुन् ।
सङ्कलिन रकम बेसीशहर नगरपालिका–२ का वडा अध्यक्ष मदन रानाको रोहबरमा धितालको उपचारका लागि हस्तान्तरण गरिएको हो । नेपाल मगर संघ नरुवाल इकाइका अध्यक्ष अनन्त राना र सिर्जना आमा समूहकी अध्यक्ष अस्मि रानाले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभएको छ ।
क्यान्सरबाट पीडित धितालको उपचारमा आर्थिक समस्या नहोस् भन्ने उद्देश्यले सहयोग अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । अभियानमा स्थानीय तथा विभिन्न व्यक्तिहरुबाट सहयोग सङ्कलन गरिएको बताइएको छ । सहयोग हस्तान्तरण कार्यक्रम जाग्रेनी वन उपभोक्ता समितिका अध्यक्ष यमबहादुर आलेको पहलमा सम्पन्न भएको थियो। यसैगरी नरुवाल निवासी बुद्धबहादुर आलेले धितालको उपचारका लागि व्यक्तिगत रुपमा थप ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
क्यान्सर रोगबाट ग्रसित भई उपचाररत धितालको उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थानीयस्तरमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो । अभियानमा सहयोग गर्ने नेपाल मगर संघ नरुवाल इकाइ मगर गुठ, सिर्जना आमा समूह तथा व्यक्तिगत रुपमा सहयोग गर्ने बुद्धबहादुर आलेलगायत सम्पूर्ण सहयोगदाताप्रति आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेका छन् । धितालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचार सफल होस् भन्ने शुभेच्छासमेत व्यक्त गरिएको छ ।

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण
मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

रसुवा बाढीपीडितलाई लमजुङ उद्योग बाणिव्य संघको २२ लाखको राहत
मर्स्याङदी समाचार, १४ असोज लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि करिब २२ लाख

बच्चाको परीक्षा, आमाको पनि परीक्षा : प्रिन्सिपल गुरुङ
मर्स्याङदी समाचार, १३ असोज बेसीशहर नगरपालिका–७ सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक बैठक आयोजना गरी बालबालिकाको शिक्षामा






प्रतिकृया दिनुहोस