Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण

SITENAME

मर्स्याङदी समाचार, १४ असोज
लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ । सडकमा हुने जथाभावी पार्किङका कारण उत्पन्न हुने दुर्घटना तथा यातायात व्यवस्थापनको समस्या न्यूनीकरण गर्ने उद्देश्यले नगर क्षेत्रका विभिन्न १२ स्थानमा १८ वटा पार्किङ, प्रतीक्षालय तथा यात्रु चढाउने र ओराल्ने स्थान निर्धारण गरिएको हो ।

 


जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले साना सवारी यातायात प्रालिको समन्वय तथा सुन्दरबजार नगरपालिकाको सहयोगमा बुधबार उक्त स्थानको पहिचान गरी पार्किङ व्यवस्थापन गरेको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब निरिक्षक  गौतम खत्रीले जानकारी दिनुभयो ।  उहाँका अनुसार निर्धारित स्थानमा कति वटा अटो पार्किङ गर्न मिल्ने भन्ने जानकारी सहितका बोर्डसमेत राखिएको छ ।


पार्किङ व्यवस्थापनका क्रममा साना सवारी यातायात प्रालिका अध्यक्ष बृक्समान घलेसहित पदाधिकारी, जिट्राप्रका लमजुङका प्रमुख खत्री तथा भोटेओडार, पाउँदी र सुन्दरबजार क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी परिचालन भएका थिए ।


सोही क्रममा ट्राफिक प्रहरीले स्थानीय समाजसेवी, यातायात व्यवसायी तथा अटो चालकसँग अन्तरक्रिया गर्दै अव्यवस्थित पार्किङबाट हुने समस्या, सडक दुर्घटना न्यूनीकरण र व्यवस्थित पार्किङको आवश्यकताबारे जानकारी गराएको थियो । ट्राफिक प्रहरीले तोकिएका स्थानबाहेक सडक तथा अन्य क्षेत्रमा जथाभावी अटो पार्किङ नगर्न चालकलाई आग्रह गरेको छ । यात्रु चढाउने तथा ओराल्ने कार्यसमेत निर्धारित स्थानमै गर्न अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


पार्किङ तथा यात्रु व्यवस्थापनका लागि स्थान तोकिएसँगै सुन्दरबजार क्षेत्रमा सडक आवागमन सहज हुनुका साथै अटोका कारण हुने सडक अवरोध र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग

मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग

SITENAME

रसुवा बाढीपीडितलाई लमजुङ उद्योग बाणिव्य संघको २२ लाखको राहत

मर्स्याङदी समाचार, १४ असोज लमजुङ उद्योग वाणिज्य संघको पहलमा रसुवाको भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि करिब २२ लाख

SITENAME

बच्चाको परीक्षा, आमाको पनि परीक्षा : प्रिन्सिपल गुरुङ

मर्स्याङदी समाचार, १३ असोज बेसीशहर नगरपालिका–७ सातबिसेस्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले अभिभावक बैठक आयोजना गरी बालबालिकाको शिक्षामा

↑