Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सुन्दरबजारमा भान्छा सुधार तथा करेसाबारी व्यवस्थापन तालिम 

SITENAME

शोभा ठकुरी, १५ असोज
एचडीसीएस–नमूना सामुदायिक अस्पताल को ’स्टेप अप एन्ड स्केल अप’ परियोजना अन्तर्गत सुन्दरबजारमा भान्छा सुधार तथा करेसाबारी व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । असोज १३ र १४ गते अस्पताल परिसरमा आयोजना गरिएको उक्त तालिममा सुन्दरबजार वडा नं. ६ स्थित ’रमाइलो समूह’ का २८ जना सदस्यहरुको सहभागिता रहेको थियो । जसमध्ये २५ जना महिला र ३ जना पुरुष रहेका थिए ।


कार्यक्रमको उद्घाटनका क्रममा अस्पताल प्रमुख हेमन्त श्रेष्ठले तालिमको उद्देश्य, महत्व र यसले स्थानीय स्तरमा पार्ने सकारात्मक प्रभावका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । तालिम अवधिभर सहभागीहरुलाई घरायसी वातावरणीय सरसफाइ कायम राख्न भान्छा सुधार, कौसी तथा करेसाबारीको उचित हेरचाह, झोलमल र कम्पोष्ट मल बनाउने विधि, नर्सरी व्यवस्थापनका साथै दैनिक जीवनमा स्वास्थ्य र पोषणको महत्त्वबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको थियो ।


तालिममा मुख्य प्रशिक्षकका शोभा ठकुरी र सुलोचना ठकुरीले भान्छा सुधार, करेसाबारी तथा जैविक मल निर्माण सम्बन्धी सहजीकरण गर्नुभएको थियो भने डा. विजय शाहले स्वास्थ्य तथा पोषण सम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो ।


कार्यक्रमको समापन अवसरमा रमाइलो समूहकी अध्यक्ष चन्द्रवती शाहीले तालिम आयोजना गरेकोमा एचडीसीएस–नमूना सामुदायिक अस्पताल परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । साथै, उहाँले आगामी दिनहरुमा पनि रमाइलो समूहलाई यसरी नै क्षमता अभिवृद्धिका अवसरहरु निरन्तर प्रदान गर्न अस्पताल प्रशासनसमक्ष अनुरोध गर्नुभयो ।


स्थानीय स्तरमा घरायसी स्वच्छता प्रवद्र्धन गर्दै अर्गानिक तरकारी उत्पादन मार्फत समुदायको पोषण र स्वास्थ्य स्थितिमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

किसानको मेहनतलाई बजार, दशैंका लागि खुदीमा हाटबजार

मर्स्याङदी समाचार, १६ असोज उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दशैंलाई लक्षित गरी कृषि तथा पशु हाटबजार सञ्चालन हुने भएको छ । स्थानीय किसानले

SITENAME

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण

मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

SITENAME

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग

मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग

↑