किसानको मेहनतलाई बजार, दशैंका लागि खुदीमा हाटबजार

मर्स्याङदी समाचार, १६ असोज
उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकामा दशैंलाई लक्षित गरी कृषि तथा पशु हाटबजार सञ्चालन हुने भएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजलाई बजारीकरण गर्ने तथा उपभोक्तालाई सहज रुपमा स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले हाटबजार सञ्चालन गर्न लागिएको हो ।
मर्स्याङ्दी गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार सञ्चालक समितिको आयोजनामा असोज २७ गतेदेखि २९ गतेसम्म हाटबजार सञ्चालन हुने भएको हो । हाटबजार मर्स्याङ्दी गाउँपालिका–३ खुदी स्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, खसी,बोका, भेडा, कुखुरा लगायत विभिन्न कृषि तथा पशुजन्य उपज बिक्रीका लागि राखिनेछन् । यसबाट दशैंका लागि आवश्यक कृषि तथा पशुजन्य सामग्री स्थानीयस्तरमै सहज रुपमा खरिद गर्न सकिने गाँउपालिका अध्यक्षका स्वकीय प्रदिप गुरुङले जानकारी दिनुभयो ।
हाटबजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको ५ प्रतिशत र खसी, बोका, भेडा, कुखुरालगायत पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको ३ प्रतिशत प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउने व्यवस्था समेत गरिएको गाँउपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । उहाँका अनुसार किसानको उत्पादनलाई उचित मूल्य दिलाउन समर्थन मूल्यको समेत व्यवस्था गरिएको जनाइएको छ ।
हाटबजारले किसान र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट तथा कारोबारको अवसर सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुग्ने गाँउपालिकाले अपेक्षा गरिएको छ । दशैंको अवसरमा बाह्य बजारबाट आउने वस्तुमा मात्र निर्भर नभई आफ्नै गाउँठाउँमा उत्पादित कृषि तथा पशुजन्य उपजको प्रयोग बढाउन गाउँपालिकाले उपभोक्तालाई आग्रह गरेको छ । स्थानीय उत्पादनको प्रयोग र बजारीकरण बढाउँदा किसानको मेहनतको उचित मूल्य प्राप्त हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सुन्दरबजारमा भान्छा सुधार तथा करेसाबारी व्यवस्थापन तालिम
शोभा ठकुरी, १५ असोज एचडीसीएस–नमूना सामुदायिक अस्पताल को ’स्टेप अप एन्ड स्केल अप’ परियोजना अन्तर्गत सुन्दरबजारमा भान्छा सुधार तथा करेसाबारी

सुन्दरबजारमा अटो पार्किङ व्यवस्थित गर्न १२ स्थानमा १८ ठाउँ निर्धारण
मर्स्याङदी समाचार, १४ असोज लमजुङको सुन्दरबजार नगरपालिकामा सञ्चालन हुने टेम्पो तथा अटोको पार्किङ र यात्रु चढाउने र ओराल्ने स्थान व्यवस्थित गरिएको छ ।

क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ सहयोग
मर्स्याङदी समाचार, १४ असोज बेसीशहर नगरपालिका–२ मनकामना टोल निवासी क्यान्सरपीडित राजु धितालको उपचारका लागि ७४ हजार ९ सय ५ रुपैयाँ आर्थिक सहयोग






प्रतिकृया दिनुहोस