लमजुङका ६ विद्यालयमा १५ लाख ५७ हजार लागतमा बाल उद्यान निर्माण

मर्स्याङदी समाचार, १८ असोज
लमजुङका विभिन्न स्थानीय तह अन्तर्गतका ६ वटा विद्यालयमा १५ लाख ५७ हजार रुपैयाँ बराबरको बाल उद्यान निर्माण तथा जडान गरिएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको साझेदारीमा विद्यालयमा अध्ययनरत बालबालिकाका लागि खेल्दै सिक्ने तथा मनोरञ्जनात्मक वातावरण निर्माण गर्ने उद्देश्यले बाल उद्यान निर्माण तथा आवश्यक खेल सामग्री जडान गरिएको आरसिडिसिका बाल संरक्षण अधिकृत बेन्जिर थापाले बताउनु भयो ।
अधिकृत थापाका अनुसार बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालय परिसरमै सुरक्षित र व्यवस्थित खेल्ने वातावरण तयार गरिएको छ । बाल उद्यानले बालबालिकालाई अध्ययनसँगै खेलकुद तथा सिर्जनात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
बाल उद्यान जडान गरिएका विद्यालयमा दोर्दी गाउँपालिका–८ स्थित फलेनी माध्यमिक विद्यालय, बेसीशहर नगरपालिका–७ स्थित जनविकास माध्यमिक विद्यालय, बेसीशहर–१० स्थित जनजागृति माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका–८ स्थित भारती सदन माध्यमिक विद्यालय, सुन्दरबजार नगरपालिका–९ स्थित भक्ति नमुना माध्यमिक विद्यालय र सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मन्दिर माध्यमिक विद्यालय रहेका छन् ।
विद्यालयमा बाल उद्यान निर्माण भएपछि बालबालिकाले सुरक्षित रुपमा खेल्ने अवसर पाउनुका साथै विद्यालयमा नियमित उपस्थित हुन र विद्यालयप्रति आकर्षित हुनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी कक्षा तथा पाठ्यपुस्तकमा सीमित बालबालिकालाई खेल, मनोरञ्जन र सहकार्यका माध्यमबाट सिकाइलाई थप प्रभावकारी बनाउन बाल उद्यान उपयोगी हुने बताइएको छ ।
विद्यालय परिसरमा निर्माण गरिएको बाल उद्यानमा बालबालिकाको उमेर र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न खेल तथा मनोरञ्जनात्मक सामग्री जडान गरिएको छ । यसले विद्यालयलाई थप बालमैत्री बनाउन तथा बालबालिकाको अधिकारअनुसार सुरक्षित खेल्ने वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र आरसिडिसीको साझेदारीमा सञ्चालित कार्यक्रममार्फत शिक्षा, बाल संरक्षण तथा बालमैत्री वातावरण निर्माणका क्षेत्रमा गरिएका प्रयासअन्तर्गत बाल उद्यान निर्माणलाई पनि महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ ।

अटो चालकहरुलाई प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ तालिम
शोभा ठकुरी, १८ असोज ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरुका

संयुक्त भुपु साकोसले ब्याजबाहेक ऋणमा अन्य शुल्क नलिने, विभिन्न व्यक्तिलाई सम्मान
मर्स्याङदी मर्स्याङदी, १८ असोज संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य,

संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, १८ असोज संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष







प्रतिकृया दिनुहोस