संयुक्त भुपु साकोसले ब्याजबाहेक ऋणमा अन्य शुल्क नलिने, विभिन्न व्यक्तिलाई सम्मान

मर्स्याङदी मर्स्याङदी, १८ असोज
संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य, कर्मचारी तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हाँसिल गर्ने सदस्यका छोराछोरीलाई सम्मान गरेको छ ।
संस्थाले एसईई उत्तीर्ण गरेका १५ जना सदस्यका छोराछोरी तथा बाल सदस्यलाई सम्मान गरेको छ । तीमध्ये नियमित कारोबार गर्ने चार जना बाल सदस्यलाई नगदसहित सम्मान गरिएको संस्थाले जनाएको छ । यस्तै, कक्षा १२ उत्तीर्ण गरेका नौ जना सदस्यका छोराछोरी तथा बाल सदस्य र सदस्यलाई पनि सम्मान गरिएको छ । त्यसमध्ये नियमित कारोबार गर्ने दुई जना बाल सदस्य र स्नातक तह उत्तीर्ण गरेका एक जनालाई पनि नगदसहित सम्मान गरिएको छ ।
सोही अवसरमा एसईईमा लमजुङ जिल्लामै उत्कृष्ट नतिजा ल्याउने संस्थाका सदस्य रविन श्रेष्ठका छोरा प्रथम श्रेष्ठ र दन्त विज्ञानमा प्रमाणपत्र तहमा उत्कृष्ट नतिजा हासिल गर्ने संस्थाका सदस्य बखतसरी गुरुङकी छोरी अम्बिका गुरुङलाई पनि सम्मान गरिएको साकोसका प्रबन्धक अनिल गुरुङले जानकारी दिनुभयो ।
साधारण सभाले उत्कृष्ट कारोबार गर्ने सदस्य तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पनि सम्मान गरेको छ । वर्ष उत्कृष्ट बाल सदस्यका रुपमा मनन गुरुङ, महिला सदस्यतर्फ सीता कुमारी गुरुङ, पुरुष सदस्यतर्फ गीरीमान घले, ज्येष्ठ सदस्यतर्फ सुवे. कमल केशी घले र उत्कृष्ट कर्मचारीका रुपमा सुनिता भुजेल गुरुङ सम्मानित भएका छन् ।
त्यसैगरी, संस्थाको प्रधान कार्यालय बेसीशहर, हिलेटक्सार र हिलेबजार सेवाकेन्द्रमा उत्कृष्ट कारोबार गर्ने बाल, महिला र पुरुष सदस्य गरी नौ जनालाई सम्मान गरिएको छ । बेसीशहरबाट आरोही गुरुङ, रनदेवी गुरुङ र ताराराज गुरुङ, हिलेटक्सारबाट लेनिका गुरुङ, टोलकुमारी गुरुङ र तिर्थबहादुर गुरुङ तथा हिलेबजारबाट रोमन घले, देउतीमाया गुरुङ र सर्वजित घले सम्मानित भएका हुन् ।
उत्कृष्ट कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट सबैभन्दा बढी रकम प्राप्त गर्ने दुर्गाबहादुर गुरुङलाई पनि सम्मान गरिएको छ । साधारण सभालाई थप मनोरञ्जनात्मक र उत्साहपूर्ण बनाउन संस्थाका कर्मचारीले विभिन्न सांस्कृतिक तथा नृत्य प्रस्तुति समेत दिएका थिए । कर्मचारीहरुको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
संस्थाले शेयर सदस्यलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, बचत तथा ऋण कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गर्ने निर्णयसमेत सभाले गरेको संस्थाका अध्यक्ष नेत्रमान गुरुङले बताउनु भयो । सदस्यहरुले ऋण कारोबारका आधारमा अधिकतम ६ हजार ६ सय ५७ रुपैयाँ र बचत कारोबारका आधारमा अधिकतम ६ हजार ५ सय १ रुपैयाँसम्म संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त गरेका छन् ।

अटो चालकहरुलाई प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ तालिम
शोभा ठकुरी, १८ असोज ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरुका

संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, १८ असोज संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष

लमजुङका ६ विद्यालयमा १५ लाख ५७ हजार लागतमा बाल उद्यान निर्माण
मर्स्याङदी समाचार, १८ असोज लमजुङका विभिन्न स्थानीय तह अन्तर्गतका ६ वटा विद्यालयमा १५ लाख ५७ हजार रुपैयाँ बराबरको बाल उद्यान निर्माण तथा जडान गरिएको छ







प्रतिकृया दिनुहोस