संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न

मर्स्याङदी समाचार, १८ असोज
संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्दै सहकारीको वित्तीय अवस्था र आगामी योजनाबारे जानकारी गराइएको छ ।
सभामा प्रस्तुत विवरणअनुसार संस्थाको शेयर पुँजी २ करोड ३ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ । यस्तै, बचत निक्षेप ३८ करोड ४७ लाख १४ हजार ९५ रुपैयाँ रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २०.०८ प्रतिशतले प्रगति भएको जनाइएको छ । संस्थाले २९ करोड ३८ लाख ९ हजार ४ सय ७ रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ करोड ६१ लाख ५ हजार २ सय ४२ रुपैयाँ ६८ पैसा रहेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा ३६ करोड ३२ लाख ८२ हजार ७८ रुपैयाँ रहेको संस्थाको कुल वासलात आर्थिक वर्ष २०८२÷०८३ मा बढेर ४४ करोड ७ लाख ९२ हजार ९ सय ७९ रुपैयाँ ३ पैसा पुगेको छ । सोही आर्थिक वर्षमा संस्थाले ३८ लाख १८ हजार ५ सय ३३ रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।
संस्थाका अध्यक्ष नेत्रमान गुरुङको अध्यक्षता तथा संस्थाका विशिष्ट सल्लाहकार सुवेदार मेजर खेमजंग गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले सहकारी संस्थाले सदस्यको आर्थिक तथा सामाजिक हितलाई केन्द्रमा राख्दै पारदर्शी, व्यवस्थित र सदस्यकेन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले संस्थाको दिगो विकासका लागि सदस्यको विश्वास कायम राख्दै आर्थिक अनुशासन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा शेयर सदस्य तथा मनाङे चौतार आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ र शेयर सदस्य एवं सञ्चारकर्मी खुसीमाया गुरुङले शुभकामना मन्तव्य राख्दै संस्थाले सदस्यको आवश्यकता र हितअनुसार सेवा विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँहरुले सहकारीको आर्थिक अवस्था थप सुदृढ बनाउन सदस्यको सक्रिय सहभागिता र संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाको कोषाध्यक्ष सुवे. दुर्गा बहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समितिका सदस्य सुवेदार देवबहादुर गुरुङले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै, संस्थाका व्यवस्थापक अनिल गुरुङले प्रस्तावित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । यस्तै, व्यवस्थापक गुरुङले सहकारीले सदस्यलाई सहुलियत प्रदान गर्ने उद्देश्यले कर्जा लगानीमा ब्याजबाहेक कुनै पनि सेवा शुल्क नलिने निर्णय गरेको बताउनुभयो । उहाँले संस्थाको सेवा थप प्रभावकारी बनाउँदै सदस्यलाई सहज र सरल रुपमा कर्जा तथा अन्य वित्तीय सेवा उपलब्ध गराउनेतर्फ संस्था केन्द्रित रहेको जानकारी दिनुभयो ।
संस्थाका उपाध्यक्ष सुवेदार चित्रबहादुर गुरुङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुवेदार कृष्ण घलेले गर्नुभएको थियो ।

अटो चालकहरुलाई प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ तालिम
शोभा ठकुरी, १८ असोज ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरुका

संयुक्त भुपु साकोसले ब्याजबाहेक ऋणमा अन्य शुल्क नलिने, विभिन्न व्यक्तिलाई सम्मान
मर्स्याङदी मर्स्याङदी, १८ असोज संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य,

लमजुङका ६ विद्यालयमा १५ लाख ५७ हजार लागतमा बाल उद्यान निर्माण
मर्स्याङदी समाचार, १८ असोज लमजुङका विभिन्न स्थानीय तह अन्तर्गतका ६ वटा विद्यालयमा १५ लाख ५७ हजार रुपैयाँ बराबरको बाल उद्यान निर्माण तथा जडान गरिएको छ







प्रतिकृया दिनुहोस