Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

अटो चालकहरुलाई प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ तालिम 

SITENAME

शोभा ठकुरी, १८ असोज
ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरुका लागि प्राथमिक उपचार तथा आकस्मिक स्वास्थ्य सम्बन्धी तालिम भएको छ ।


कार्यक्रममा सुन्दरबजार, दोर्दी र राइनास क्षेत्रका अटो चालकहरुलाई दुर्घटना वा स्वास्थ्य आपतकालको समयमा बिरामीको ज्यान जोगाउन अपनाउनुपर्ने ‘बेसिक लाइफ सपोर्ट’ प्राथमिक उपचार, बिरामीलाई सुरक्षित रुपमा ओसारपसार गर्ने तरिका तथा स्थानीय स्रोत साधनको प्रयोग गरी स्ट्रेचर निर्माण गर्ने तरिका सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास गराइएको थियो ।


तालिममा अस्पतालका ओपीडी÷इमर्जेन्सी इन्चार्ज रामचन्द्र ढकाल तथा सामाजिक सेवा विभाग प्रमुख एवं मनोविमर्शदाता शोभा ठकुरीले प्रशिक्षण दिनुभएको थियो । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा आपतकालीन अवस्थामा अटो चालकहरुको भूमिकाबारे जानकारी दिनुभएको थियो ।


ईलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख चन्द्रकला भट्टराईका अनुसार दुर्घटना वा अन्य स्वास्थ्य आपतकालका समयमा अटो चालकहरु घटनास्थलमा सबैभन्दा पहिले पुग्ने सम्भावना भएकाले उनीहरुले प्रारम्भिक उद्धारकर्ताको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सोही अवस्थालाई ध्यानमा राखी उनीहरुलाई पूर्व तयारीस्वरुप प्राथमिक उपचार तथा बेसिक लाइफ सपोट सम्बन्धी तालिम प्रदान गरिएको हो ।

 

ईलाका प्रहरी कार्यालय भोटेओडारका लेखापाल सुनु विकले कार्यक्रम संचालन गर्नुभएको थियो । तालिमका क्रममा सहभागी सम्पूर्ण अटो चालकहरुको निःशुल्क रक्तचाप तथा रक्तचिनी परीक्षण समेत गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

संयुक्त भुपु साकोसले ब्याजबाहेक ऋणमा अन्य शुल्क नलिने, विभिन्न व्यक्तिलाई सम्मान 

मर्स्याङदी मर्स्याङदी, १८ असोज संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य,

SITENAME

संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारीको १३औँ साधारण सभा सम्पन्न

मर्स्याङदी समाचार, १८ असोज संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाको आर्थिक वर्ष

SITENAME

लमजुङका ६ विद्यालयमा १५ लाख ५७ हजार लागतमा बाल उद्यान निर्माण 

मर्स्याङदी समाचार, १८ असोज लमजुङका विभिन्न स्थानीय तह अन्तर्गतका ६ वटा विद्यालयमा १५ लाख ५७ हजार रुपैयाँ बराबरको बाल उद्यान निर्माण तथा जडान गरिएको छ

↑