Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मर्स्याङदीमा चाडपर्व लक्षित बजार अनुगमन

SITENAME

मर्स्याङदी समाचार, १९ असोज

चाडपर्वलाई लक्षित गर्दै जिल्ला  बजार अनुगमन समितिले मर्स्याङ्दी गाउँपालिकामा बजार अनुगमन गरेको छ। आइतबार  गरिएको अनुगमनका क्रममा गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित ७ वटा व्यवसायको निरीक्षण गरिएको हो ।

अनुगमन गरिएका व्यवसायमध्ये १ वटा फ्रेश हाउस, २ वटा होटल तथा रेस्टुरेन्ट र ४ वटा किराना पसल रहेका छन । अनुगमनका क्रममा यसअघि दिइएका निर्देशन तथा सुझावहरू व्यवसायीहरूले पालना गरेको पाइएको जिल्ला बजार अनुगमन समितिले जनाएको छ । 

अनुगमन टोलीले व्यवसायमा वस्तुको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, सरसफाइ, खाद्यवस्तुको अवस्था तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो । अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षाका विषयमा आवश्यक सुझावसमेत दिइएको जिल्ला बजार अनुगमन समितिका फोकल पर्सन तथा खरिदार दिननाथ अधिकारीले बताउनु भयो  ।

जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको नेतृत्वमा भएको अनुगमनमा मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल डम्मर खत्री, प्रहरी चौकी खुदीका प्रहरी जवान राजेन्द्र नकाल तथा लमजुङ उद्योग वाणिज्य संघ, मर्स्याङ्दी गाउँपालिका इकाइका उपाध्यक्ष ऋषिराम बस्नेतको सहभागिता रहेको थियो । 

चाडपर्वका समयमा बजारमा हुने मूल्यवृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ।

 

प्रतिकृया दिनुहोस
SITENAME

भीरबाट खसेर कामदारको मृत्यु

मर्स्याङदी समाचार, १९ असोज लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर आयोजनामा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु

SITENAME

अटो चालकहरुलाई प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ तालिम 

शोभा ठकुरी, १८ असोज ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरुका

SITENAME

संयुक्त भुपु साकोसले ब्याजबाहेक ऋणमा अन्य शुल्क नलिने, विभिन्न व्यक्तिलाई सम्मान 

मर्स्याङदी मर्स्याङदी, १८ असोज संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य,

↑