भीरबाट खसेर कामदारको मृत्यु

मर्स्याङदी समाचार, १९ असोज
लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर आयोजनामा कार्यरत एक कामदारको भीरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेश कुमार चौधरी रहेका छन् । सोमबार बिहान पौने ११ बजेतिर आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेका थिए ।
भीरबाट खसेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो। तर, उपचारका क्रममा दिउँसो सवा २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, सोही आयोजनामा कामदारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। तीन दिनको अन्तरालमा दुई जना कामदार भीरबाट खसेका छन् । गत असोज १७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय रविन बस्नेत पनि आयोजनामा काम गर्ने क्रममा भीरबाट खसेर घाइते भएका थिए ।
आयोजना स्थलभन्दा करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा बाटोबाट सन्तुलन गुमाउँदा बस्नेत करिब ६० मिटर तल भीरको खोंचमा खसेका थिए । तत्काल उद्धार गरी अस्पताल ल्याइएका बस्नेतको छाती र बायाँ हातमा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन्। उनको अहिले प्रदेश अस्पताल लमजुङमै उपचार भइरहेको छ ।
लगातार भएका यी घटनाले आयोजना स्थलमा कामदारको सुरक्षाका लागि अपनाउनुपर्ने न्यूनतम सुरक्षा उपाय प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको विषयमा प्रश्न उठाएको छ ।

मर्स्याङदीमा चाडपर्व लक्षित बजार अनुगमन
मर्स्याङदी समाचार, १९ असोज चाडपर्वलाई लक्षित गर्दै जिल्ला बजार अनुगमन समितिले मर्स्याङ्दी गाउँपालिकामा बजार अनुगमन गरेको छ। आइतबार गरिएको

अटो चालकहरुलाई प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ तालिम
शोभा ठकुरी, १८ असोज ईलाका प्रहरी कार्यालय भोटेओडारको आयोजना तथा एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दरबजारको प्राविधिक सहयोगमा अटो चालकहरुका

संयुक्त भुपु साकोसले ब्याजबाहेक ऋणमा अन्य शुल्क नलिने, विभिन्न व्यक्तिलाई सम्मान
मर्स्याङदी मर्स्याङदी, १८ असोज संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्य,







प्रतिकृया दिनुहोस