Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मर्स्याङ्दीका शिक्षक तथा कर्मचारीबाट बाढीपीडितको राहतका लागि २१ लाखभन्दा बढी सहयोग

SITENAME

मर्स्याङदी समाचार, २४ असोज

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि २१ लाख २ हजार ८ सय ६६ रुपैयाँ सहयोग गरेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले शिक्षक तथा कर्मचारीले आफ्नो तलब, चाडपर्व खर्च र प्रोत्साहन भत्ताबाट रकम कट्टी गरी सहयोग गरेका हुन्।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख वसन्त बरुवालले जानकारी दिनुभयो।

उहाँका अनुसार मर्स्याङ्दी गाउँपालिकाभित्रका ५१ वटा सामुदायिक विद्यालयमा कार्यरत ३ सय शिक्षक र ६५ कर्मचारी, दुईवटा बालविकास केन्द्रका तीन सहजकर्ता तथा दुईवटा सामुदायिक सिकाइ केन्द्रका दुई कर्मचारी गरी कुल ३ सय ७० जनाले सहयोग गरेका छन्।

संकलित रकममध्ये सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीबाट २० लाख ९६ हजार ७ सय ३२ रुपैयाँ, बालविकास केन्द्रका सहजकर्ताबाट ४ हजार ८ सय रुपैयाँ र सामुदायिक सिकाइ केन्द्रका कर्मचारीबाट १ हजार ३ सय ३४ रुपैयाँ योगदान भएको छ।

गाउँपालिकाका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् साउन, भदौ र असोजका लागि शिक्षक तथा विद्यालय कर्मचारीको कुल तलब माग ६ करोड ३ लाख ७३ हजार ३९ रुपैयाँ थियो। राहतका लागि रकम कट्टी गरेपछि बाँकी ५ करोड ८२ लाख ७० हजार १ सय ७३ रुपैयाँ निकासा भइसकेको गाउँपालिकाले जनाएको छ।

राहतका लागि कट्टी गरिएको रकममध्ये संघीय स्रोतबाट २० लाख ५१ हजार ५ सय ३१ रुपैयाँ र गाउँपालिकाको स्रोतबाट ५१ हजार ३ सय ३४ रुपैयाँ रहेको छ।

आफ्नो पारिश्रमिक र सुविधाबाट रकम छुट्याएर मर्स्याङ्दी गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग गरेका हुन्।

 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली सेनाका १७० जनालाई ट्राफिक सचेतना

मर्स्याङदी समाचार, २३ भदौ लमजुङमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक नियमको पालना सम्बन्धमा नेपाली सेनाका कर्मचारीलाई लक्षित गरी ट्राफिक सचेतनामूलक

SITENAME

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, बेसीशहरका १० व्यवसायको निरीक्षण

मर्स्याङदी समाचार, २३ असोज चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीशहर नगरपालिका–८ मा बजार अनुगमन भएको छ । अनुगमनका क्रममा किराना तथा स्टोर्स, होटल तथा

SITENAME

विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग

मर्स्याङदी समाचार, २० असोज विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री

↑