लोकद दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा अधिकारीको उम्मेदवारी

मर्स्याङदी समाचार, २० असोज
लमजुङका कलाकार तथा सञ्चारकर्मी अनुज अधिकारीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महोत्तरीको बर्दिबासमा असोज २२ देखि २४ गतेसम्म आयोजना हुने प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनमा अधिकारीले गण्डकी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्न लागेको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङका निवर्तमान अध्यक्ष एवं संरक्षक अधिकारीले प्रतिष्ठानमा डेढ दशकभन्दा लामो समयदेखि हासिल गरेको सांगठनिक अनुभवलाई अब केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउनु भयो ।
२०६६ सालमा प्रतिष्ठानको साधारण सदस्यका रुपमा आबद्ध भएका अधिकारीले कार्यसमिति सदस्य, सहसचिव र सचिव हुँदै दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालि सक्नुभएको छ । जिल्ला नेतृत्वमा रहँदा उहाँले लमजुङमा प्रतिष्ठानका सांस्कृतिक, सामाजिक तथा सांगठनिक गतिविधिलाई विस्तार र व्यवस्थित गर्न भूमिका खेल्नु भएको थियो ।
सुन्दरबजार नगरपालिका–८ भोटेओडारका स्थायी घर भएका अधिकारी कलाकारिता, सञ्चार तथा सामाजिक क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ । दोहोरी प्रतियोगितामार्फत कलाकारितामा प्रवेश गरेका अधिकारी पछिल्लो समय प्रत्यक्ष दोहोरी तथा कार्यक्रम सञ्चालनमा सक्रिय हुनुहुन्छ । लमजुङसहित देशका विभिन्न स्थानमा आयोजना हुने सांस्कृतिक तथा सार्वजनिक कार्यक्रममा उनी कार्यक्रम सञ्चालकका रुपमा सहभागी हुँदै आएका छन् । प्रत्यक्ष दोहोरीमा समेत सक्रिय अधिकारीको दुईवटा दोहोरी गीत बजारमा आइसकेका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित भए लोक तथा दोहोरी गीतको संरक्षण र प्रवद्र्धन, कलाकारको हित तथा प्रतिष्ठानका सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउन आफ्नो अनुभव उपयोग गर्ने अधिकारीले बताएका छन् । उहाँले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गरी काम गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

विपद् प्रतिकार्यका लागि प्रहरीलाई आरसिडिसीको सहयोग
मर्स्याङदी समाचार, २० असोज विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले तीनवटा प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामग्री

मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको आरसीओडी थप
मर्स्याङ्दी समाचार, २० असोज लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाको व्यावसायिक विद्युत् उत्पादन सुरु गर्ने

भदौ महिनाको उत्कृष्ट कर्मचारी बने नायब सुब्बा नेत्रबहादुर गुरुङ
मर्स्याङदी समाचार, २० असोज जिल्ला प्रशासन कार्यालय लमजुङले भदौ महिनाको उत्कृष्ट कर्मचारीका रुपमा नायब सुब्बा नेत्रबहादुर गुरुङलाई घोषणा गरेको छ ।








प्रतिकृया दिनुहोस