ट्राफिक प्रमुख खत्री गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित

मर्स्याङदी समाचार, ३१ असोज
जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतम खत्री ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सम्मानित तथा पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीबाट उहाँ गण्डकी प्रदेशभरिका उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा सम्मानित तथा पुरस्कृत हुनुभएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयबाट खटिएर २०८२ साल कात्तिक १९ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका खत्रीले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा मानवीय र भौतिक क्षति कम गर्ने उद्देश्यसहित सक्रिय रुपमा कार्य गर्दै आउनुभएको छ ।
सवारी तथा यातायातसम्बन्धी ऐन नियमको प्रभावकारी कार्यान्वयन, नियमित सवारी जाँच, ट्राफिक सचेतनामूलक कार्यक्रमको विस्तार, प्रहरी आचरणअनुरुप कार्यसम्पादन तथा कार्यालय व्यवस्थापनमा उहाँले पु¥याउनुभएको योगदानको कदरस्वरुप जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङ २०८२ साल मंसिर महिनामा सर्वोत्कृष्ट ट्राफिक प्रहरी कार्यालय घोषित भएको थियो ।
त्यसैगरी, २०८३ साल जेठ महिनामा गण्डकी प्रदेशभरिका ट्राफिक प्रहरीमध्ये सर्वोत्कृष्ट हुन सफल हुनुभएका खत्रीको कार्यसम्पादनलाई थप प्रशंसनीय रुपमा हेरिएको छ । ट्राफिक नियमको पालना गराउने, सवारी दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने र सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यमा उहाँले देखाउनुभएको सक्रियता तथा नेतृत्वले लमजुङको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन योगदान पु¥याएको छ ।
७१औँ प्रहरी दिवसको अवसरमा प्रदेशस्तरमै सम्मानित तथा पुरस्कृत हुनुले खत्रीको कार्यसम्पादन र योगदानको उच्च मूल्याङ्कन भएको देखिन्छ । उहाँको सम्मानले जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङको प्रतिष्ठासमेत बढाएको छ ।

लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित
मर्स्याङदी समाचार, ३० असोज ७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको

७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत
मर्स्याङदी समाचार, ३० असोज जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान
मर्स्याङदी समाचार, ३० असोज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको







प्रतिकृया दिनुहोस