लमजुङ साइक्लिङ संघद्वारा शुभकामना आदानप्रदान

मर्स्याङदी समाचार, ३० असोज
लमजुङ साइक्लिङ संघले नेपालीहरुको महान् पर्व विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार बेसीसहर नगरपालिका–८ स्थित कर्पुरेश्वर पार्कमा आयोजित कार्यक्रममा सहभागी संघका पदाधिकारी तथा सदस्यहरुले एकआपसमा शुभकामना साटासाट गर्दै पर्वहरुलाई आपसी सद्भाव र मेलमिलापका साथ मनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष प्रधानले चाडपर्वले समाजमा आपसी प्रेम, सद्भाव र एकतालाई थप बलियो बनाउने बताउँदै सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
संघका अध्यक्ष ध्रुवराम प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संघकी सदस्य सरिता तामाङले गर्नुभएको थियो ।

लमजुङमा ७१औँ प्रहरी दिवस मनाइयो, विभिन्न व्यक्तित्व सम्मानित
मर्स्याङदी समाचार, ३० असोज ७१ औँ प्रहरी दिवसको अवसरमा लमजुङ प्रहरीले शुभकामना तथा विविध सम्मान सहित औपचारिक कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको

७१औँ प्रहरी दिवसमा लमजुङका प्रहरी प्रमुख बस्नेत पुरस्कृत
मर्स्याङदी समाचार, ३० असोज जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेत पुरस्कृत हुनुभएको छ । ७१औँ

तरुणदल बेसीशहर नगर समितिद्वारा शुभकामना आदानप्रदान
मर्स्याङदी समाचार, ३० असोज नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुणदल बेसीशहर नगर समितिको आयोजनामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको







प्रतिकृया दिनुहोस