Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेसीसहरका मासु पसलमा अनुगमन, दर्ताबिनै बंगुरको मासु बिक्री

SITENAME

मर्स्याङदी समाचार, २८ असोज
लमजुङको बेसीशहर नगरपालिका–८ मा सञ्चालित माछा तथा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले बुधबार बजारमा रहेका माछा तथा मासु पसलको अनुगमन तथा निरीक्षण गरेको हो ।


अनुगमनका क्रममा एउटा बंगुरको मासु पसल दर्ता नगरी सञ्चालन भइरहेको पाइएको छ । त्यस्तै, पसल सञ्चालकलाई माछा तथा मासुबाट मानिसमा सर्न सक्ने रोगबारे पर्याप्त जानकारी नभएको, ग्राहकले स्पष्ट देख्ने गरी मूल्यसूची नराखिएको, मासु पसलका भित्तामा टायल नलगाइएको तथा मासु काट्न प्रयोग गरिने अचानो सफा नराखिएको लगायतका कमजोरी भेटिएका छन् । 


माछा तथा मासुको स्वच्छता र गुणस्तर कायम राख्न, उपभोक्ताको स्वास्थ्य सुरक्षामा ध्यान दिन तथा खाद्यजन्य रोगको जोखिम न्यूनीकरण गर्न अनुगमन गरिएको हो । खरिद तथा बिक्री बिलको प्रयोगले कारोबारलाई पारदर्शी बनाउनुका साथै वस्तुको स्रोत र बिक्री विवरण पहिचान गर्न सहयोग पुग्ने भएकाले व्यवसायीले यसको प्रयोगमा ध्यान दिनुपर्ने देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका डा.विकल चन्द्र श्रेष्ठले बताउनु भयो । 


उहाँका अनुसार माछा तथा मासुको उचित भण्डारण, बिक्रीस्थलको सरसफाइ, मूल्यसूचीको व्यवस्था र व्यवसाय दर्ताजस्ता विषय उपभोक्ता हित तथा सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले व्यवसायीले आवश्यक मापदण्ड पालना गर्नुपर्ने देखिएको छ । 


अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायीलाई आवश्यक सुझाव तथा निर्देशन दिइएको छ । दर्ताबिनै सञ्चालनमा रहेको बंगुरको मासु पसललाई कानुनी प्रक्रियामा ल्याउन तथा अन्य पसलमा देखिएका कमजोरी सुधार गराउन सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने देखिन्छ । 


अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, लमजुङ उद्योग वाणिज्य संघका प्रतिनिधि विपिन श्रेष्ठ र यज्ञनारायण श्रेष्ठ, एकीकृत सेवा कार्यालयका प्रतिनिधि रेकप्रसाद गुरुङ, सञ्चारकर्मी तथा प्रहरी उपस्थिति रहेको थियो ।


माछा तथा मासुजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित निकायको नियमित अनुगमनसँगै व्यवसायीको जिम्मेवारी र उपभोक्ताको सचेतना पनि उत्तिकै महत्त्वपूर्ण हुने देखिन्छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

दोर्दीमा भालुको आक्रमणबाट एक जना घाइते

मर्स्याङदी समाचार, २८ असोज लमजुङको दोर्दी गाउँपालिका वडा नं. ८ टाँपमा जंगली भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ वर्षीय

SITENAME

मर्स्याङदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ गोरुपालक किसानलाई २ लाख ८० हजार प्रोत्साहन

मर्स्याङदी समाचार, २७ असोज मस्र्याङ्दी गाउँपालिकामा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँपालिकाको प्रवद्र्धनमा कृषि तथा पशु हाटबजार

SITENAME

बेसीशहर ७ स्थित पुमा खोलामा निमार्ण सम्पन्न मोटरेवल पुल सञ्चालनमा

मर्स्याङदी समाचार, २७ असोज लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुमा खोला पुल औपचारिक रुपमा सञ्चालनमा आएको

↑