लमजुङको पाउँदीमा एकादशी मेलामा दर्शानार्थीको घुइँचो

मर्स्याङदी समाचार, ५ कार्तिक
लमजुङको सुन्दरबजार नगरपालिका– ७ पाउँदीस्थित मस्र्याङदी नदी किनारमा रहेको कर्मदा शिवजी मन्दिर परिसरमा हरिबोधिनी एकादशी मेला एवं विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएको छ ।
मेलाको औपचारिक उद्घाटन कार्यक्रम मन्दिर संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलको अध्यक्षता एवं मन्दिरका अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । पाउँदीमा धार्मिक संरचना निमार्ण तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले सक्दो सहयोग गरिरहेको वताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, सशस्त्र प्रहरी नायव उपरिक्षक विकास अधिकारी, जिल्ला प्रहरी कार्यालय, भोटेवडार इलाका प्रहरी कार्यालयका प्रमुख, स्थानिय जनप्रतिनिधिको विशेष उपस्थिती रहेको थियो ।
मेलामा घरेलु हस्तकलाका सामग्री प्रदर्शन तथा बिक्रीमा राखिएका थिए । यसवर्ष पनि सशस्त्र प्रहरी बल लमजुङका सशस्त्र प्रहरी निरिक्षक झपिन्द्र वानियाँको नेतृत्वमा सशस्त्र प्रहरीको आरएफटी बोटबाट फूलको डोरी तार्न सहजिकरण गरिएको थियो । फुलको डोरी तार्दा भईपरी आउन सक्ने बिपतलाई मध्य नजर गरी दिन भरी नै बिपद व्यवस्थापनमा तालिम प्राप्त प्रहरी टोली नदी किनारमा तयारी अवस्थामा रहेको थियो ।
यसवर्ष पाउँदीमा २ वटा मात्र फूलको डोली तारिएको पाँउदीबाट लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । हजारौँ भक्तजनको उपस्थिती रहेको पाउँदी एकादशी मेलामा भजन कृर्तन सहित धार्मिक प्रवचन भएके थियो भने विभिन्न व्यापारिक स्टलहरुमा भक्तजनहरुको घुइँचो लागेको थियो । कार्यक्रमको सञ्चालन आयोजक समितीका सचिव गौतम पोखरेल र सह–सचिव सुदिपकान्त अधिकारीले गर्नुभएको थियो ।

सुन्दरबजार बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, ५ मंसिर सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको

लमजुङका व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी अभिमुखीकरण
मर्स्याङदी समाचार, ५ मंसिर लमजुङका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र दायित्वबारे जानकारी गराउने उद्देश्यले एकदिने

मर्स्याङ्दीमा स्त्रीरोग शिविर, ७९९ महिला लाभान्वित
खुशी माया गुरुङ, ४ मंसिर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविरबाट ७ सय ९९ जना महिला







प्रतिकृया दिनुहोस