लमजुङका व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी अभिमुखीकरण

मर्स्याङदी समाचार, ५ मंसिर
लमजुङका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र दायित्वबारे जानकारी गराउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । लमजुङ उद्योग वाणिज्य संघको आयोजना तथा चितवन उद्योग वाणिज्य संघको सहयोगमा आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी अभिमुखीकरण गरिएको हो ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुमनकुमार श्रेष्ठले व्यवसाय सञ्चालनका क्रममा करसम्बन्धी ज्ञान र सही लेखा प्रणालीको महत्त्व हुने बताउनुभयो। उहाँले व्यवसायीले प्रचलित कर कानुन, आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्थाबारे जानकारी राख्नुपर्नेमा जोड दिनुभयो। यस्ता अभिमुखीकरण कार्यक्रमले व्यवसायीलाई करसम्बन्धी अन्योल हटाउन र व्यावसायिक गतिविधि व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा जीआईजेडका आर्थिक सल्लाहकार नवीनराज श्रेष्ठले अभिमुखीकरणको उद्देश्यबारे स्पष्ट पार्दै आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी व्यवस्था, कर विवरण पेस गर्ने प्रक्रिया, करदाताका दायित्व तथा व्यवसाय सञ्चालनका क्रममा ध्यान दिनुपर्ने विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।
यसैगरी चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदी र लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेश थापाले शुभकामना मन्तव्य राख्दै व्यवसायीका लागि करसम्बन्धी व्यावहारिक ज्ञान आवश्यक रहेको बताउनुभयो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संघका महासचिव विपिन श्रेष्ठले गर्नुभएको थियो ।

सुन्दरबजार बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न
मर्स्याङदी समाचार, ५ मंसिर सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको

लमजुङको पाउँदीमा एकादशी मेलामा दर्शानार्थीको घुइँचो
मर्स्याङदी समाचार, ५ कार्तिक लमजुङको सुन्दरबजार नगरपालिका– ७ पाउँदीस्थित मस्र्याङदी नदी किनारमा रहेको कर्मदा शिवजी मन्दिर परिसरमा हरिबोधिनी

मर्स्याङ्दीमा स्त्रीरोग शिविर, ७९९ महिला लाभान्वित
खुशी माया गुरुङ, ४ मंसिर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविरबाट ७ सय ९९ जना महिला







प्रतिकृया दिनुहोस