Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सुन्दरबजार बहुउद्देश्यीय सहकारीको १७औँ साधारण सभा सम्पन्न

SITENAME

मर्स्याङदी समाचार, ५ मंसिर
 सुन्दरबजार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीको आर्थिक अवस्था, वार्षिक प्रगति, भावी योजना तथा सहकारीको सुशासन र ऋण व्यवस्थापनका विषयमा छलफल गरिएको छ ।


सहकारीका सञ्चालक समिति अध्यक्ष खोजबहादुर गुरुङको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष विजय गुरुङको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले सहकारीलाई व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।  उहाँले सहकारीका नीति, नियम र विनियम सञ्चालक समिति, लेखा समिति, व्यवस्थापक, कर्मचारी तथा शेयर सदस्य सबैले पढेर बुझ्न र पालना गर्नुपर्नेमा जोड दिनुभयो । 


गुरुङले कम्तीमा वर्षमा एकपटक साधारण सभा गर्नुपर्ने उल्लेख गर्दै ऋणको किस्ता र ब्याज समयमै भुक्तानी गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो । ऋण असुलीका लागि धितो लिलाम गर्नुपर्ने अवस्था आउन नदिन सबै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो । 


सहकारीका शेयर सदस्य नै संस्थाका वास्तविक मालिक भएको उल्लेख गर्दै उहाँले सहकारीबाट ऋण लिएर उत्पादनमूलक तथा आयआर्जनका काममा लगानी गर्न सुझाव दिनुभयो । सहकारीलाई राज्यको अर्थतन्त्रको तेस्रो खम्बाका रुपमा व्याख्या गर्दै उहाँले रोजगारी सिर्जनामा पनि सहकारीको भूमिका महत्ववपूर्ण रहेको उल्लेख गर्नुभयो ।


कार्यत्रलममा अध्यक्ष खोजबहादुर गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार सहकारीमा हाल ७ हजार ५ सय १५ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ६७ करोड ७३ लाख ६२ हजार ९ सय रुपैयाँ रहेको छ ।


त्यस्तै, सहकारीमा ६८ करोड ३३ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ बचत रहेको छ भने ४७ करोड ४९ लाख ९१ हजार ७७ रुपैयाँ कर्जा लगानी गरिएको छ । संस्थाको कुल कारोबार ८० करोड ५२ लाख ५४ हजार ३ सय ३७ रुपैयाँ पुगेको छ । खुद आम्दानी ७७ लाख ६ हजार ६ सय ९२ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।


कार्यक्रममा संस्थाका कोषाध्यक्ष सीतामाया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षको अनुमानित बजेट, शेयर सदस्यको विवरण व्यवस्थित राख्ने तथा संस्थाका नीति र नियम निर्माण गरी कार्यान्वयन गर्ने योजनाबारे जानकारी गराउनुभयो । 


त्यसैगरी, लेखा समिति संयोजक मीनबहादुर गुरुङले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सहकारीका प्रबन्धक नेत्र गुरुङले पनि संस्थाको व्यवस्थापकीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कर्मदा सिर्जना मञ्चका कार्यवाहक अध्यक्ष तथा साहित्यकार लक्ष्मीप्रसाद मिश्र, लक्ष्मीनारायण मिडियाका संचालक सन्तोष पौडेल लगायतको उपस्थिति थियो ।


कार्यक्रममा उत्तम गुरुङ, विजय गुरुङ, विष्णुभक्त अधिकारी, लक्ष्मीप्रसाद मिश्र, नारायण गुरुङ, बलबहादुर गुरुङ र हस्तबहादुर गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो। साहित्यकार मिश्रले सान्दर्भिक कविता वाचनसमेत गर्नुभएको थियो ।


कार्यक्रमको अवसरमा खुत्रुके तथा बाल बचत गर्ने उत्कृष्ट बाल बचतकर्तालाई टीका लगाई कदरपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, प्रमुख अतिथिलगायत अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष रणबहादुर घलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव क्याप्टेन जितबहादुर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङका व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी अभिमुखीकरण

मर्स्याङदी समाचार, ५ मंसिर लमजुङका उद्योगी तथा व्यवसायीलाई करसम्बन्धी कानुनी व्यवस्था, प्रक्रिया र दायित्वबारे जानकारी गराउने उद्देश्यले एकदिने

SITENAME

लमजुङको पाउँदीमा एकादशी मेलामा दर्शानार्थीको घुइँचो 

मर्स्याङदी समाचार, ५ कार्तिक  लमजुङको सुन्दरबजार नगरपालिका– ७ पाउँदीस्थित मस्र्याङदी नदी किनारमा रहेको  कर्मदा शिवजी मन्दिर परिसरमा हरिबोधिनी

SITENAME

मर्स्याङ्दीमा स्त्रीरोग शिविर, ७९९ महिला लाभान्वित

खुशी माया गुरुङ, ४ मंसिर लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य परीक्षण तथा उपचार शिविरबाट ७ सय ९९ जना महिला

↑