Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सभ्य र समुन्नत बेसीशहरका लागि नागरीक सुझाव 

SITENAME

बासुदेव सेढाई 
स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको प्रमुखमा भारि बहुमतका साथ विजयी भएर पुन दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नु भएका बेसीशहर नगरपालिका प्रमुख, उपप्रमुख, ११ वटै वडाका वडा अध्यक्ष लगायत सबै वडा सदस्यहरुलाई हार्दिक बधाई तथा कार्यकाल पुर्ण सफलताको शुभेच्छा सहितको शुभकामना व्यक्त गर्दछौं । नगरपालिका समुन्नत बनाउन प्रमुखको भुमिका मुख्य रहन्छ । सालीन, भद्र, परिपक्व, बौद्धिक, सुशासन प्रति प्रतिबद्ध नगर प्रमुख भनेरनै नागरिकले पुन निर्वाचित गरेका हुन । मुलुक संघिय संरचनामा प्रवेश गरेपछिको पहिलो बेसीशहर नगरपालिकाको जिम्मेवारी सम्हाल्दा पक्कै धेरै कठिनाइ आईपरेका थिए ।

 

नागरिकको दुख सुख बुझ्ने घरदैलोको सरकार स्थानीय सरकारलाई बलियो बनाउने त्यसको आधार संरचना तयार गर्ने कुरामा स्थानीय सरकारको नीति नियम कानुन क्षेत्राधिकार लगाएतका कुरामा ध्यान दिनुपर्ने हुनाले नागरिकहरुले स्थानीय सरकार बाट अपेक्षा गरेका सबै अपेक्षा पूरा नभएपनि एउटा बलियो स्थानीय सरकारको आधार तयार भएको छ अब दोस्रो कार्यकाल नागरिकका चाहना र अपेक्षा पूरा गर्ने कुरामा बेसीशहर नगरपालिका सरकार  दृढ भएर लाग्ने कुरामा आम नागरिक बिस्वस्त छन् । बेसीशहर नगरपालिका सरकार अझै लोकप्रिय र सफल हुनको लागि  एउटा स्वतन्त्र नागरिकको तर्फबाट आफ्नो व्यक्तिगत धारणा सुझाव वा ध्यानाकर्षण गराउन चाहन्छौं ।


नगरपालिकाका ११ वटै वडामा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि उपयुक्त ठाउँको खोजि हुन जरुरी छ। बढ्दो जनघनत्व संगै फोहोर मैला व्यवस्थापनको समस्या पनि जटिल हुँदै जान सक्ने देखिन्छ ।


बेसीशहर नगरपालिकाको सबै वडाहरु र आवस्यक ठाउँमा नयाँ ट्याक खोलि सकिएकोले अव जथाभावी डोजर प्रयोग गरि नयाँ बाटो खन्ने काम नगरि खोलिएका बाटोहरु स्तरोन्नति, नालि खन्ने  ग्रावेल गर्ने र पिच गर्ने कुरामा ध्यान दिन जरुरी देखिन्छ । अनियमितता कम हुनेछ र बाढी पहिरो भु–क्षय पनि कम हुनेछ विकासको काम पनि देखिनेछ ।


नगरपालिका भित्रका सबै नागरिकको रहर सभ्य र सफा बेसीशहर अन्तरगत धेरै नागरिकहरुको चाप हुने सार्वजनिक ठाउँहरु बेसीशहर ७ र ८ को सेरा,नारायण स्थान चोक,पुरानो बैंक चोक र मनाङे चौतारा जस्तै प्रतेक वडा कार्यलय रहेको ठाउँमा एउटा सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्न सके अझै राम्रो हुने थियोे । समानुपातिक विकासको अवधारणा लाई बल पुग्ने गरि जनसंख्या ,भुगोल  भौगोलिक बनावन  उपभोक्ताको माग र आवस्यकता लाई दृष्टिगत गरि बजेट विनियोजन गर्न सके अझै राम्रो हुनेछ ।


नगरपालिका प्रमुख लाई सफल वा असफल बनाउन कर्मचारीको पनि महत्त्वपूर्ण भुमिका हुनाले  बेसीशहर नगरपालिका सरकार प्रमुखको हैसियतले नागरिक प्रति उत्तरदायी बनाउन र सुशासन कायम गर्न नागरिक लाई सहज सेवा प्रवाह गर्ने सन्दर्भमा प्रतेक कर्मचारीहरुको कार्यविवरण राख्ने  कामको अनुगमन गर्ने कमसेकम प्रति दुई महिना कर्मचारीहरु सबै राखेर बैठक गर्ने ,कर्मचारीले आफुले लिएको जिम्मेवारी अनुसार काम गरे नगरेको हेर्ने ,कुन कर्मचारीले नागरिकलाई सन्तोषजनक सेवा प्रवाह गरेको छ र कुन कर्मचारीले गरेको छैन त्यसको रेकर्ड राख्ने राम्रो लाई सम्मान गर्ने जिम्मेवारी बहन गर्न आनाकानि गर्ने कर्मचारी लाई जिम्मेवारी बहन गर्न बाध्य गराउने । समग्रमा बेसीशहर नगरपालिका समुन्नत बनाउने कुरामा सहयोग गर्ने र नगर्ने को ध्यान राख्न जरुरी छ । नेपाल सरकारका कर्मचारी नागरिकको साशक नभएर सेवक बन्ने कुरामा हौसला प्रदान गर्नुपर्नेछ ।


प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै मापदण्ड पूरा गरेर नगरपालिका प्रमुखको राम्रो  छविमा प्रश्न नउठ्ने ङगरि  नगरपालिकाको आर्थिक स्रोतको रुपमा रहेको नदिजन्य ढुंगा ,गिटि,बालुवा अन्य प्राकृतिक स्रोतको उचित व्यवस्थापन गरि आम्दानिको स्रोत बनाउन बलियो संयन्त्र बनाएर कुनै व्यक्ति वा संघ संस्था लाई फाइदा पुग्ने गरि नभएर नगरपालिका लाई फाइदा हुने गरि टेण्डर प्रकृया आव्हान गरि त्यसको उपयोगमा ध्यान दिन जरुरी छ । 


बेसीशहर नगरपालिका भित्रका ११ बटै वडाका नागरिकहरुको आर्थिक अवस्थाको पहिचान गरि आगामि आर्थिक बर्ष ७९÷८० कर असुली सम्बन्धि राजस्वको प्रक्षेपण गर्दा नागरिक लाई मर्का नपर्ने र गुनासो नआउने गरि बैज्ञानिक र व्यावहारिक कर निर्धारण गर्नुपर्ने देखिन्छ । 


बेसीशहर नगरपालिका भित्र बसोवास गर्ने बासिन्दाहरुका विचमा घरपरिवार वा छरछिमेकका विचमा आउने समस्या समाधानका लागि बलियो मेलमिलाप गराउने संयन्त्र जरुरी छ किनभने मुद्दा मामिलाको झन्झट कम होस समाजमा शान्ति कायम रहिरहोस ।


बेसीशहर नगरपालिका लाई समुन्नत बनाउन उर्भर जमिन र जनशक्तिको प्रयोग गरि उत्पादनमा लाग्न जरुरी छ । सामाजिक विकृति विसंगतिको अन्त्य बेरोजगारीको अन्त्यका लागि जागरण   अभियान ल्याउने यसको लागि उचित योजना सहित केन्द्र सरकार संग सहयोग लिएर अगाडि बढ्नुपर्ने देखिन्छ ।


बेसीशहर नगरपालिका भित्र रहेका ऐतिहासिक ,पुरातात्त्विक महत्त्वका संरचना र ठाउँहरुको संरक्षण गर्ने त्यसको प्रचारप्रसार गर्ने ,मौलिक संस्कार संस्कृतिको संरक्षणमा जोड दिन जरुरी छ जसले पर्यटन व्यावसाय लाई फाइदा हुनेछ  । 


कृषि उपज संकलन केन्द्र त्यसको बजार व्यवस्थापन र कृषि कार्यका लागि सहज तरिकाले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सके उत्पादन वृद्धि हुनेछ ।नगरपालिका भित्र हुने हरेक राम्रो र नराम्रो गतिविधिको जिम्मेवारी  सरकार प्रमुखको हैसियतले नगरप्रमुखले नै लिनुपर्ने हुनाले नगरपालिकाको हित सोच्ने  र अहित सोच्ने बद्नाम गराउन खोज्नेहरु प्रति सधैं चनाखो रहनुपर्ने देखिन्छ । सिमित व्यक्तिहरुको हित भन्दा सिङ्गो नगरपालिकाका नागरिकको हित पहिलो प्राथमिकता बन्नुपर्छ , आर्थिक अनियमितता ,प्राकृतिक स्रोत साधनको दुरुपयोग र परिवार आफन्त नातावाद कृपावाद बाट सबै जनप्रतिनिधि टाढा रहन सक्नुपर्छ नत्र यसले बद्नाम हुनसक्छ ।

 

असल जनप्रतिनिधिको परिचय स्थापित गरि  समुन्नत बेसीशहर नगरपालिका बनाउनको लागि ध्यान दिन  बेसीशहर नगरपालिका प्रमुख, ११ वडाका सबै जनप्रतिनिधि लाई हाम्रो अनुरोध छ यसमा सहयोग गर्न कर्मचारी संयन्त्र, बुद्धिजीवी ,उद्योगी व्यावसायि,समाजसेवी लगाएत नगरपालिका भित्र बसोवास गर्ने प्रतेक नागरिकको सकारात्मक सहयोग जरुरत रहन्छ । सबैको साझ अठोट,साझा सहयोग बाट मात्रै नगरबासिको उन्नति प्रगति हुनेछ नगर विकसित सभ्य र समुन्नत बन्नेछ त्यसैले सबैले सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने देखिन्छ आ – आफ्नो ठाउँबाट आफुले सकेको सहयोग गर्नुपर्नेछ । 
     “ हामी सबैको रहर विकसित सभ्य समुन्नत बेसीशहर “

 

प्रतिकृया दिनुहोस
SITENAME

“तिमी त मेरो स्कुले माया“

खुशीमाया गुरुङ, २ जेठ २०८२ विद्यालय जीवन, जहाँ जीवनको पहिलो अक्षर मात्र होइन, पहिलो प्रेमको मीठो अनुभूति पनि सुरु हुन्छ । त्यो बेलाको माया साधारण

SITENAME

सहकारी माथिको बिश्वास टुटाउने क्रियाकलाप नहोस 

बासु सेढाई सर्वसाधारण नागरिकको सानो ठुलो रकम संकलन गरेर त्यसलाई उत्पादन कार्यमा लगाउने, त्यसबाट प्राप्त मुनाफाले आफु चल्ने र बचतकर्तालाई पनि फाईदा

SITENAME

दोर्दी ४ नौथरका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण 

मर्स्याङ्दी समाचार, पुर्वि  लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई  मौरी सहितको घार  वितरण गरेको छ ।    दोर्दी गाउँपालिका कृषि शाखाले