Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

SITENAME

मर्स्याङदी समाचार, २७ भदौ   
रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।  स्वदेश होस् या विदेश, विश्वका विभिन्न स्थानमा भएका नेपाली नागरिक सँगै विदेशी नागरिकले पनि विपद्को यस घडिमा समवेदनाका साथ सहयोग गरिरहेका छन् । 


यसै क्रममा बेलायती नागरिक जिना साइलन र लेक्सि पाउनरको पहलमा बेलायतबाट ३ लाख ८५ हजार ८ सय ४५ रुपैया सहयोग गरेका छन् । लमजुङ बेसीशहरस्थित  भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा विगतमा स्वयंसेवक शिक्षकको रुपमा कार्यरत दुई शिक्षकले आफ्ना बेलायती साथीहरुसँग रकम संकलन गरी बाढी पिडितको राहत तथा पुनःस्थापनाका लागि पठाएका हुन् । 


सहयोग रकम भूपू सैनिक आवासीय माविका शिक्षक अनुकला गुरुङ मार्फत ग्लोबल आइ.एम.ई बैकको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो  ।


विदेशमा रहेर पनि नेपाल र नेपालीको दुःखमा मलम लगाउने यस्तो पवित्र र मानविय सेवा भावका लागि दुवैजना शिक्षक प्रति प्रति भूपू सैनिक आवासीय मा.वि. परिवारले धन्यवाद व्यक्त गरेको छ । जिना साइलनले यसअघि व्यक्तिगत रूपमा २० हजार ४८ रूपैयाँ सहयोग गरिसक्नुभएको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला

मर्स्याङदी समाचार, २७ भदौ    महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०

SITENAME

‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने

मर्स्याङदी समाचार, २६ भदौ गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र