‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते सिक्लेसमा हुने

मर्स्याङदी समाचार, २६ भदौ
गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको मादी गाउँपालिका–१, सिक्लेसमा हुने भएको छ ।
अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारीबारे शनिबार सिक्लेसमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ । छलफलमा चलचित्रका निर्माता वेदबहादुर गुरुङ (श्याम), निर्देशक ओमप्रकाश गुरुङ र प्रोडक्सन म्यानेजर डिबी गुरुङसहितको टोली सहभागी थियो ।
टोलीले मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरुङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथा, छायांकनस्थल, स्थानीय सहभागिता र निर्माणका विभिन्न पक्षबारे छलफल गरेको हो । वडाअध्यक्ष गुरुङले फिल्मको निर्माता निर्देशकसहितको टीमसंग फिल्मको शुभमुहूर्त र यसको छायांकनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको बताए ।
गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई चलचित्रमार्फत उजागर गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले ‘बुकीफूल’ निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ । चलचित्रले सिक्लेस र आसपासका क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति तथा जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे
खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन । अधिवेशनले

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग
मर्स्याङदी समाचार, २७ भदौ रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम

सीप सिक्दै आत्मनिर्भर बन्दै सुन्दबजारका महिला
मर्स्याङदी समाचार, २७ भदौ महिलालाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका–७ मा सरसफाइ सामग्री बनाउने १०








प्रतिकृया दिनुहोस