सहकारी माथिको बिश्वास टुटाउने क्रियाकलाप नहोस

बासु सेढाई
सर्वसाधारण नागरिकको सानो ठुलो रकम संकलन गरेर त्यसलाई उत्पादन कार्यमा लगाउने, त्यसबाट प्राप्त मुनाफाले आफु चल्ने र बचतकर्तालाई पनि फाईदा दिने सहकारीको काम हो सर्वसाधारण नागरिकको आयआर्जनको काममा सहकारीले ठुलो सहयोग गरेको हुन्छ ।
देशको अर्थतन्त्रमा ठुलो भुमिका खेलेको सहकारी क्षेत्र जसले हजारौंलाई रोजगारी समेत दिएको छ । सानो सानो भएपनि रकम सबैको एकै ठाउँमा जम्मा गरेर उत्पादनमा लगाउने र आत्मनिर्भर बनाउने यसको उद्देश्य हो । हुनत कतिपय सहकारीहरुले सर्वसाधारण नागरिक लाई षोषण गरेको समाचार पनि आउने गरेको छ त्यो सहकारीको धर्म होईन ।
सहकारीमा सर्वसाधारण नागरिकले हालेको सेयर र उनिहरुको बचत जस्तोसुकै परिस्थितिमा सुरक्षित हुनुपर्छ नत्र सहकारी प्रति नागरिकको बिश्वास टुट्न सक्छ । पैसाको अत्यन्तै खाँचो परेको अवस्थामा सजिलोसँग र छिटो छरितो तरिकाले ऋण लिएर समस्या समाधान गर्न सकिन्छ ।
सहकारीहरु प्रति नागरिकको विश्वास टुटे र चल्न नसक्ने अवस्थामा पुगे नागरिकहरुले मात्रै होईन देशले समेत ठुलो समस्या बेहोर्नु पर्ने हुन्छ । पछिल्लो समय देशमा आर्थिक संकट देखिएको छ व्यापार व्यावसाय पनि सुस्त छ ।
बजारमा आर्थिक गतिविधि धेरै कम छ बैंकहरुले समेत ऋण मात्रै होईन बचतकर्ताहरुले बचत गरेको रकम समेत फिर्ता गर्न अप्ठ्यारो अवस्था छ । समग्र रुपमा देशमानै आर्थिक संकट देखिएको अवस्थामा सहकारीमा पनि समस्या आउनु ठुलो कुरा होईन ।
आर्थिक संकटको अवस्थामा सामान्य हल्लाले पनि सहकारीमा ठुलो प्रभाव पारेको हुन्छ । त्यस्तै भएको छ लमजुङ बेसीशहरको एक सहकारीमा । कालीका कर्पुाेरेश्वर र सम्पदा सहकारी मर्च भएर बनेको कालीका बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु र संचालकहरु यतिबेला तनावको शिकार बनेका छन् ।
बचतकर्ताहरु बचत डुब्छ कि भन्ने चिन्ता र संचालकहरुलाई संस्थाप्रति नागरिकको बिश्वास घट्छकि भन्ने हुनत बाहिर नआएपनि अन्य कतिपय सहकारीमा पनि यस्तै अवस्था देखिन्छ ।
तीन सहकारी एक भएर राम्रोसँग चल्दै आएको कालीका बचत तथा ऋण सहकारीका पछिल्लो समय समस्यामा देखिन्छ । यो समस्या समाधानको लागि संचालकहरु बचतकर्ताहरु र ऋण लाने पक्ष विच बसेर कसरी समस्या समाधान गर्ने भन्ने बारेमा गम्भीर छलफल हुन जरुरी छ ।
विवादले सबै पक्षलाई समस्या हुनेछ । आर्थिक संकटको कारणले अन्यत्रबाट ऋण लिएर सहकारीको ऋण तिर्न पनि नसक्ने अवस्था छ । यस्तो संकटग्रस्त अवस्थामा सबैले धैर्य र संयमता अपनाउनु पर्ने देखिन्छ ।
बचतकर्ताहरुको बचत पनि उठोस, ऋणिहरुले पनि ऋण तिर्न सक्ने वातावरण बनोस संस्था र संचालकहरुको प्रतिष्ठामा पनि आँच नआओस । सहकारीको अवस्था राम्रो नभएको भनी आएको हल्लाले सबै बचतकर्ताहरु आफ्नो बचत निकाल्न थाले र सहकारीले गरेको लगानी भने तत्कालैको अवस्थामा उठ्न नसक्ने अवस्था आएपछि समस्या स्वाभाविकै हो ।
सहकारीमा समस्या देखिन थालेपछि पछिल्लो समय बचत गर्नेहरु र ऋण लानेहरुको आपसि समझदारीमा धेरै रकम उठेको र उठ्ने क्रम जारि रहेको संचालकहरुको भनाइ छ ।
सर्वसाधारण नागरिकको रकम संकलन गरेर जोखिममा पार्ने ,आफ्नो फाइदाका लागि प्रयोग गर्ने कसैले गरे कडा कार्वाही हुनुपर्छ । सहकारी संचालकहरु सबै खराब र सबै असल पनि हुदैनन् । सहकारीमा समस्या आउनुमा संचालक समितिका सबै व्यक्ति खराब हुन भन्ने होईन समाजमा ईज्जत् प्रतिष्ठाका साथ सामाजिक कार्यमा लागेका व्यक्तिहरु लाई बद्नाम गराउन खोज्नु पनि राम्रो हुदैन ।
जसले गलत गरेको छ उसलाई कार्वाही र ईमानदार तरिकाले चल्ने व्यक्तिहरु लाई प्रोत्साहन पनि गर्नुपर्छ । उठ्न नसकेको ऋण उठाउनुपर्छ ,बचतकर्ताहरुको साँवा व्याज सहितको रकम फिर्ता हुनुपर्छ र संचालक समितिका कोहि व्यक्ति खराब भए कार्वाही हुनुपर्छ ।
निर्दाेष ,ईमानदार व्यक्तिहरु लाई समेत मुछेर अनावश्यक लान्छना लगाउने र बद्नाम गर्न खोज्ने कार्य राम्रो हुदैन त्यसैले बचतकर्ताहरु ,संचालक समिति ,ऋण लिनेहरु बसेर आपसमा समझदारीका साथ समस्याको समाधानमा जुट्दा राम्रो हुनेछ नत्र यो समस्या एउटा मात्रै नभएर सबैमा आउन सक्छ ।
सहकारी संस्थाको हितमा,बचतकर्ताहरुको हितमा दिनरात खट्नेहरु पनि छन् र सहकारी डुबाएर आफु बन्ने हरु पनि होलान त्यसको पहिचान हुनुपर्छ । समाजमा राम्रो काम गर्दागर्दै उसको चरित्र बद्नाम गराउने काममा लागिए गलत क्रियाकलापले प्रोत्साहन पाउछ त्यसैले सम्बन्धित सबैले यसप्रति संवेदनशील हुन जरुरी देखिन्छ ।

“तिमी त मेरो स्कुले माया“
खुशीमाया गुरुङ, २ जेठ २०८२ विद्यालय जीवन, जहाँ जीवनको पहिलो अक्षर मात्र होइन, पहिलो प्रेमको मीठो अनुभूति पनि सुरु हुन्छ । त्यो बेलाको माया साधारण

सभ्य र समुन्नत बेसीशहरका लागि नागरीक सुझाव
बासुदेव सेढाई स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको प्रमुखमा भारि बहुमतका साथ विजयी भएर पुन दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नु

दोर्दी ४ नौथरका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण
मर्स्याङ्दी समाचार, पुर्वि लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई मौरी सहितको घार वितरण गरेको छ । दोर्दी गाउँपालिका कृषि शाखाले








प्रतिकृया दिनुहोस