Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

सहकारी माथिको बिश्वास टुटाउने क्रियाकलाप नहोस 

SITENAME

बासु सेढाई
सर्वसाधारण नागरिकको सानो ठुलो रकम संकलन गरेर त्यसलाई उत्पादन कार्यमा लगाउने, त्यसबाट प्राप्त मुनाफाले आफु चल्ने र बचतकर्तालाई पनि फाईदा दिने सहकारीको काम हो सर्वसाधारण नागरिकको आयआर्जनको काममा सहकारीले ठुलो सहयोग गरेको हुन्छ ।


 
देशको अर्थतन्त्रमा ठुलो भुमिका खेलेको सहकारी क्षेत्र जसले हजारौंलाई रोजगारी समेत दिएको छ । सानो सानो भएपनि रकम सबैको एकै ठाउँमा जम्मा गरेर उत्पादनमा लगाउने र आत्मनिर्भर बनाउने यसको उद्देश्य हो । हुनत कतिपय सहकारीहरुले सर्वसाधारण नागरिक लाई षोषण गरेको समाचार पनि आउने गरेको छ त्यो सहकारीको धर्म होईन । 

 

सहकारीमा सर्वसाधारण  नागरिकले हालेको सेयर र उनिहरुको बचत जस्तोसुकै परिस्थितिमा सुरक्षित हुनुपर्छ नत्र सहकारी प्रति नागरिकको बिश्वास टुट्न सक्छ । पैसाको अत्यन्तै खाँचो परेको अवस्थामा सजिलोसँग र छिटो छरितो तरिकाले ऋण लिएर समस्या समाधान गर्न सकिन्छ ।  

 

सहकारीहरु प्रति नागरिकको विश्वास टुटे र चल्न नसक्ने अवस्थामा पुगे नागरिकहरुले मात्रै होईन देशले समेत ठुलो समस्या बेहोर्नु पर्ने हुन्छ । पछिल्लो समय देशमा आर्थिक संकट देखिएको छ व्यापार व्यावसाय पनि सुस्त छ ।

 

बजारमा आर्थिक गतिविधि धेरै कम छ बैंकहरुले समेत ऋण मात्रै होईन बचतकर्ताहरुले बचत गरेको रकम समेत फिर्ता गर्न अप्ठ्यारो अवस्था छ । समग्र रुपमा देशमानै आर्थिक संकट देखिएको अवस्थामा सहकारीमा पनि समस्या आउनु ठुलो कुरा होईन । 

 

आर्थिक संकटको अवस्थामा सामान्य हल्लाले पनि सहकारीमा ठुलो प्रभाव पारेको हुन्छ । त्यस्तै भएको छ लमजुङ बेसीशहरको एक सहकारीमा । कालीका कर्पुाेरेश्वर र सम्पदा सहकारी मर्च भएर बनेको कालीका बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरु र संचालकहरु यतिबेला   तनावको शिकार बनेका छन् ।

 

बचतकर्ताहरु बचत डुब्छ कि भन्ने चिन्ता र संचालकहरुलाई संस्थाप्रति नागरिकको बिश्वास घट्छकि भन्ने हुनत बाहिर नआएपनि अन्य कतिपय सहकारीमा पनि यस्तै अवस्था देखिन्छ । 

 

तीन सहकारी एक भएर राम्रोसँग चल्दै आएको कालीका बचत तथा ऋण सहकारीका पछिल्लो समय समस्यामा देखिन्छ । यो समस्या समाधानको लागि संचालकहरु  बचतकर्ताहरु र ऋण लाने पक्ष विच बसेर कसरी समस्या समाधान गर्ने भन्ने बारेमा गम्भीर छलफल हुन जरुरी छ । 


विवादले सबै पक्षलाई समस्या हुनेछ । आर्थिक संकटको कारणले अन्यत्रबाट ऋण लिएर सहकारीको ऋण तिर्न पनि नसक्ने अवस्था छ । यस्तो संकटग्रस्त अवस्थामा सबैले धैर्य र संयमता अपनाउनु पर्ने देखिन्छ । 

 

बचतकर्ताहरुको बचत पनि उठोस, ऋणिहरुले पनि ऋण तिर्न सक्ने वातावरण बनोस संस्था र संचालकहरुको प्रतिष्ठामा पनि आँच नआओस । सहकारीको अवस्था राम्रो नभएको भनी आएको हल्लाले सबै बचतकर्ताहरु आफ्नो बचत निकाल्न थाले र सहकारीले गरेको लगानी भने तत्कालैको अवस्थामा उठ्न नसक्ने अवस्था आएपछि समस्या स्वाभाविकै हो । 

 

सहकारीमा समस्या देखिन थालेपछि  पछिल्लो समय बचत गर्नेहरु र ऋण लानेहरुको आपसि समझदारीमा धेरै रकम उठेको र उठ्ने क्रम जारि रहेको संचालकहरुको भनाइ छ । 

 

सर्वसाधारण नागरिकको रकम संकलन गरेर जोखिममा पार्ने ,आफ्नो फाइदाका लागि प्रयोग गर्ने कसैले गरे कडा कार्वाही हुनुपर्छ । सहकारी संचालकहरु सबै खराब र सबै असल पनि हुदैनन् । सहकारीमा समस्या आउनुमा संचालक समितिका सबै व्यक्ति खराब हुन भन्ने होईन समाजमा ईज्जत् प्रतिष्ठाका साथ सामाजिक कार्यमा लागेका व्यक्तिहरु लाई बद्नाम गराउन खोज्नु पनि राम्रो हुदैन । 

 

जसले गलत गरेको छ उसलाई कार्वाही र ईमानदार तरिकाले चल्ने व्यक्तिहरु लाई प्रोत्साहन पनि गर्नुपर्छ । उठ्न नसकेको ऋण उठाउनुपर्छ ,बचतकर्ताहरुको साँवा व्याज सहितको रकम फिर्ता हुनुपर्छ  र संचालक समितिका कोहि व्यक्ति खराब भए कार्वाही हुनुपर्छ ।

 

निर्दाेष ,ईमानदार व्यक्तिहरु लाई समेत मुछेर अनावश्यक लान्छना लगाउने र बद्नाम गर्न खोज्ने कार्य राम्रो हुदैन त्यसैले बचतकर्ताहरु ,संचालक समिति ,ऋण लिनेहरु बसेर आपसमा समझदारीका साथ समस्याको समाधानमा जुट्दा राम्रो हुनेछ नत्र यो समस्या एउटा मात्रै नभएर सबैमा आउन सक्छ ।

 

सहकारी संस्थाको हितमा,बचतकर्ताहरुको हितमा दिनरात खट्नेहरु पनि छन् र सहकारी डुबाएर आफु बन्ने हरु पनि होलान त्यसको पहिचान हुनुपर्छ । समाजमा राम्रो काम गर्दागर्दै उसको चरित्र बद्नाम गराउने काममा लागिए  गलत क्रियाकलापले प्रोत्साहन पाउछ त्यसैले सम्बन्धित सबैले यसप्रति संवेदनशील हुन जरुरी देखिन्छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

“तिमी त मेरो स्कुले माया“

खुशीमाया गुरुङ, २ जेठ २०८२ विद्यालय जीवन, जहाँ जीवनको पहिलो अक्षर मात्र होइन, पहिलो प्रेमको मीठो अनुभूति पनि सुरु हुन्छ । त्यो बेलाको माया साधारण

SITENAME

सभ्य र समुन्नत बेसीशहरका लागि नागरीक सुझाव 

बासुदेव सेढाई  स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको प्रमुखमा भारि बहुमतका साथ विजयी भएर पुन दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नु

SITENAME

दोर्दी ४ नौथरका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण 

मर्स्याङ्दी समाचार, पुर्वि  लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई  मौरी सहितको घार  वितरण गरेको छ ।    दोर्दी गाउँपालिका कृषि शाखाले