Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

‘भिजिट लमजुङ २०८१’ मनाउने तयारी

SITENAME

मर्स्याङदी समाचार । पर्यटन प्रवद्र्धनका लागि आगामी वर्ष २०८१ लाई लमजुङ भ्रमण वर्षको रुपमा मनाउने तयारी भएको छ । लमजुङ उद्योग बाणीज्य संघले लमजुङ भ्रमण वर्ष २०८१ मनाउने सन्दर्भमा अवधारणा सहित जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेको हो ।

 
यहि चैत्र २३ देखि आठौँ लमजुङ महोत्सव आयोजना गरेको उद्योग बाणिज्य संघले महोत्सवकै अवसरमा आगामी वर्ष २०८१ लाई लमजुङ भ्रमण वर्षको घोषणा गर्नेगरी तयारी शुरु गरेको हो । संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा जिल्लाका साँसद, स्थानिय तह प्रमुखहरु, राजनितिक दलका प्रमुखहरु र प्रशासनिक निकायका प्रमुखहरुसँग पहिलो चरणमा छलफल गरेको हो ।

 

बैठकमा संघका पुर्व अध्यक्ष राजेश थापाले लमजुङ भ्रमण वर्ष २०८१ को अवधारणा सहित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको अवधारणा अनुसार आसन्न आठौँ लमजुङ महोत्सवका अवसरमा सवै सरोकारवालाहरुलको सहभागितामा पर्यटन सम्वन्धी बृहत गोष्ठी आयोजना गर्ने, महोत्सवकै अवसरमा भ्रमण वर्ष घोषणा गर्ने र बर्षभरिको कार्य योजना बनाई लमजुङ भ्रमण वर्ष मनाउने प्रस्ताव रहेको छ । 


कार्यक्रमका सहभागीहरुले भ्रमण वर्ष मनाउनका लागि सिंगो जिल्लालाई समेटेर बृहत योजना बनाउनुपर्ने, सवै सरोकारवालासँग समन्वय गरी जिल्ला भरी पर्यटकिय गतिविधी सञ्चालन गर्नुपर्ने, पर्यटकिय गन्तव्यको पहिचान र प्रवद्र्धन गरी भ्रमण वर्षमा अधिकतम स्वदेशी तथा विदेशी पर्यटकलाई भित्राउने गरी तयारी गर्नुपर्ने सुझाव दिएका थिए । 


सहभागीबाट प्राप्त सुझाव अनुसार संघले यस विषयमा थप तयारी गर्ने जनाएको छ । समग्र जिल्लाको पर्यटन विकासमा सहयोग पुग्नेगरी सवै सरोकारवालाहरुको समन्वय र सहाभगितामा आगामी वर्षलाई लमजुङ भ्रमण वर्षको रुपमा घोषणा गर्ने तयारी गरीएको लमजुङ उद्योग बाणिज्य संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो । 


बैठकमा संघका अध्यक्ष भरतकुमार श्रेष्ठले सम्पुर्ण सरोकारवालाहरुलाई महोत्सवको तयारी तथा हालसम्म भएका कार्यसम्पादन प्रगतिका विषयमा पनि जानकारी गराउनुभएको थियो । 


कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस लमजुङका सभापती डा. टकराज गुरुङ, प्रदेश सभा सदस्य एवं संघका सल्लाहकार भेषबहादुर पौडेल, प्रदेश सभा सदस् पार्वती तामाङ, प्रदेश सभा सदस्य टिकाकुमारी बस्याल, जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्याल, मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङ, क्होलासोँथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ लगायतको विशेष उपस्थिती रहेको थियो । 


यस्तै राजनितिक दलका तर्फबाट नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा माओबादी केन्द्र जिल्ला समन्वय कमिट संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका संयोजक धर्म केसी, राप्रपा लमजुङका अध्यक्ष हरीप्रसाद रेग्मी, नेकपा एस प्रतिनिधी ऋषिकेष घिमीरे, जसपा प्रतिनिधी खेमजंङ गुरुङको उपस्थीती रहेको थियो । सो बाहेक जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरु, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी, एक्याप प्रतिनिधी नवराज गुरुङ, संघका पुर्व अध्यक्षहरु, पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको पनि उपस्थिती रहेको थियो । 


बैठकमा आठौँ लमजुङ महोत्सवलाई सम्पुर्ण जिल्लाबासीको महोत्सवको रुपमा मनाउन र लमजुङ भ्रमण वर्षलाई पनि समग्र जिल्लालाई समेटेर गतिविधी सञ्चालन गर्ने विषयमा सवैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा धन्यबाद मन्तव्य राख्दै लमजुङ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विकास श्रेष्ठले सहभागीबाट आएका सुझावलाई प्राथमिकतामा राख्दै सरोकारवाला सवैसँग समन्वय गरी गतिविधी अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काँग्रेस मनाङद्वारा र्‍यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्‌स्याङदी समाचार, ०२ मसिर ।   नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क