Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

प्रचार प्रसार नगरी पारदर्शी शासन प्रणाली कार्यन्वयन हुन सक्दैनः प्रतिनिधी सभा सदस्य गुरुङ

SITENAME

मर्स्याङदी समाचार, २५ जेठ । 
प्रतिनिधी सभा सदस्य पृथ्वीसुव्वा गुरुङले कुनैपनि सरकारका काम कारवाहि र गतिविधी प्रचार प्रसार नगरी पारदर्शी हुन नसक्ने दावि गर्नुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित एक कार्यक्रममा बोल्दै साँसद गुरुङले यस्तो बताउनुभएको हो । 


लोकतन्त्रको मान्यता पारदर्शिता भएको र कुनैपनि निकायले आफ्नो काम कारबाहि सञ्चारमाध्यमबाट प्रचार प्रसार नगरी पारदर्शिता कायम हुन नसक्ने उल्लेख गर्नुभयो । सार्वजनिक सरकोकारबाट विषयमा आम नागरिकले थाहा पाउनुपर्ने अधिकार भएको भन्दै साँसद गुरुङले विशेष गरी स्थानिय सरकारहरुले आफ्ना काम कारबाहि, निती तथा योजना सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 


गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहनुभएका सांसद गुरुङले स्थानिय तहहरु आँफैमा एउटा सरकार भएपनि विधी र नियमसंगत नहुँदा पारदर्शिता पनि ओझेमा परेको टिप्पडी गर्नुभयो । स्थानिय सरकारहरुले आफ्ना काम कारवाहि नागरिकसामु पु¥याउन मिडियासँग साझेदार गर्नुपर्ने र त्यसो गर्दा आफ्ना काम कारबाहि पारदर्शी हुनुको साथै मिडियाहरु पनि आत्मनिर्भर हुनसक्ने दावि गर्नुभयो । 


जिल्लाबाट प्रकाशित लमजुङ दर्पण राष्ट्रिय दैनिकको ११ औ स्थापना दिवसको अवसरमा आयोजित पर्यटनबाट लमजुङको समृद्धि विषय बहस कार्यक्रममा बोल्दै नेता गुरुङले भईरहेका पर्यटकिय श्रोत र साधनलाई उपयोग गरी पर्यटकका लागि नयाँ पन दिने खालका योजनाहरु बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्लाको पर्यटन प्रवद्र्धनका लागि स्थानिय उत्पादन र रोजगारीलाई विशेष प्राथमिकता दिँदै पर्यटकका लागि नयाँ स्वाद र अनुभव दिन सके पर्यटनक्षेत्रबाट नै समृद्धि सम्भव भएको नेता गुरुङको भनाई थियो । 


सोहि कार्यक्रममा बोल्दै सांसद गुरुङले मुलुकमा पुँजिगत बजेट खर्च हुन नसक्दा अपेक्षित उपलब्धी हासिल हुन नसकेको बताउनुभयो । सरकारले सार्वजनिक गरेको बजेट अघिल्ला वर्षहरुको तुलनामा बढि देखिएपनि प्रदेश तथा स्थानिय तहकालागि बजेट घटेको उल्लेख गर्नुभयो । सरकारले विनियोजन गरेको बजेट मध्ये पुँजिगत तर्फ एकतिहाई मात्रै बजेट भएपनि अपेक्षित खर्च हुन नसकेको भन्दै पुंजिगत बजेट खर्च नहुँदासम्म मुलुकको विकासले गति नलिने सांसद गुरुङको भनाई थियो । 


लमजुङ दर्पण दैनिकका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य यशोधा रिमाल, बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्याल, नेपाली काँग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारी, नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति सचिव सुनिल सुनार, सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुँयल, घलेगाउँ पर्यटन विकास समिति अध्यक्ष प्रेम घले, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य किसान संगीत नेपालीले विषयकेन्द्रित प्रस्तुतीकरण राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण लमजुङ दर्पण दैनिकका सम्पादक नविनराज कुईकेलले गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काँग्रेस मनाङद्वारा र्‍यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्‌स्याङदी समाचार, ०२ मसिर ।   नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क