Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

मध्यनेपाल नगरपालिका र चितवन मेडिकल कलेज बिच स्वास्थ्य उपचार सम्वन्धी सम्झौता

SITENAME

मर्स्याङदी समाचार । लमजुङको मध्यनेपाल नगरपालिकाले नगर भित्रका विरामीहरुका लागि विशेष छुटमा उपचार गर्नका लागि चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालसँग सम्झौता गरेको छ । विभिन्न समस्या भएका विरामीहरुको उपचार एवं अध्ययनका लागि समेत विशेष छुटका लागि नगरपालिकाले सो अस्पतालसँग सम्भौता गरेको हो । 


नगरपालिका प्रमूख रमेश कुमार पाण्डे र अस्पतालका निर्देशक डा दयाराम दाहालविच सम्झौता भएको हो । मध्यनेपाल नगरपालिका अन्तर्गतका सर्वसाधरणका लागि गुणस्तरीय स्वास्थ्य सेवा, औषधी खरिद एव प्राविधिक शिक्षाका लागि समेत विशेष छुट हुने दुई पक्ष विच भएको सम्झौतामा उल्लेख छ । यहि भदौ १गते देखि लागुहुने गरी गरीएको सम्झौता २०८४ साल श्रावण मसान्तसम्म लागु हुने मध्यनेपाल नगरपालिका प्रमूख रमेश कुमार पाण्डेले बताउनुभयो । 


सम्झौतामा उल्लेख भए अनुसार अस्पतालबाट हुने सेवा प्रवाह मध्ये उपचार सेवाहरुमा २० प्रतिशत हुनेछ भने अस्पतालको फार्मेसीबाट औषधी खरिद गर्दा सात प्रतिशत रकम छुट उपलब्ध हुने भएको छ । यद्यपी अस्पतालले सिधै खरिद गरिएका कुनै पनि सामानहरुमा यो सम्झौता लागु नहुने सम्झौतामा उल्लेख छ । त्यसैगरी सिएमसी अस्पतालको ओ.पि.डी. टिकट र इमर्जेन्सी टिकटमा पनि छुट हुनेछ । 


नगरबालिकाबाट नगर प्रमुखको सिफारिसमा प्रथम पक्षले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट र चितवनको सि एम सि क्यान्सर इन्सीच्यूटमा संचालित सिटिईभिटिको पढाईमा पनि विद्यार्थीहरुलाई १० प्रतिशत छुट दिईने सम्झौतामा उल्लेख छ । 


सो अस्पतालमा उपचारका लागि नगरपालिकाले वेभसाईट मार्फत नगरबासीको नाम तथा विवरण प्रविष्ट गर्ने र प्रविष्ट नहुँदासम्म नगरपालिकाको सिफारिसमा विशेष छुट सेवा दिने भएको छ । उक्त वेभसाइटमा नगरवासीका सम्पूर्ण विवरणहरु प्रविष्ट गर्दा फोटो खिचाई कार्ड प्रिन्ट गराउनेछ । सो बाहेक नगरपालिकाले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा मेडिकल साझेदारको रुपमा चितवन मेडिकल कलेजको नाम उल्लेख गर्ने भएको छ ।  


सम्झौतमा उल्लेख भए अनुसार मध्यनेपालका विरामीले सो अस्पतालमा उपचार गर्दा कुनै पनि बिमा र विशेष अवस्थामा छुट दावी गर्न पाउने छैन । दावी गर्न वा कागजपत्र माग गर्न प्राप्त छुट बराबरको रकम सम्बन्धित बिरामीको नामबाट बुझाएमा मात्र अस्पतालले आवश्यक कागजपत्रहरु उपलब्ध गराउनेछ । सो विषयमा विरामीले अस्पताल भर्ना हुँदाको अवस्थामामै सुनिश्चिता गराउनुपर्ने सम्झौतामा लेखिएको छ ।


अस्पताल र नगरपालिकाबाट उपलब्ध गराइएको स्वास्थ्य कार्डबाट प्राप्त गर्ने सुविधा सम्झौताको मितिसम्म मात्र लागु रहने छ भने सम्झौता नवीकरण नभएमा पनि उक्त कार्ड प्रयोग गर्न सकिने तर उपचारमा छुट नहुने सम्झौता पत्रमा उल्लेख छ । अस्पतालले नगरपालिकाको सिफारिस बमोजिम बिरामीलाई उपचार गराउने व्यवस्था मिलाउने र सिफारिस बमोजिमको रकम नगरपालिकाले अस्पताललाई भुक्तानी गर्नेछ ।


त्यसैगरी सिएमसी अस्पतालले नगरपालिकाको अत्यन्त विकट क्षेत्रलाई केन्द्रित निशुल्क स्वास्थ्य शिविर संचालन गर्न आवश्यक जनशक्ती र उपकरणहरुको व्यवस्था गर्ने पनि सम्झौता भएको छ । निशुल्क स्वास्थ्य शिविरका लागि नगरपालिकाले यातायात, औषधी र खानेवस्ने लगायत अन्य व्यवस्थापनको प्रवन्ध मिलाउने र शिबिर वार्षिक अधिक्तम दुईवटा गरीने उल्लेख छ । शिविरका लागि मिति र स्थान तय गर्न दुबै पक्षलाई सहजहुनेगरी समझदारीमा गर्ने सम्झौता भएको छ ।


देशकै उत्कृष्ट सेवा प्रदान गर्दै आएको सिएमसी अस्पतालसँग सम्झौता गरेसँगै मध्यनेपालका सर्वसाधरणलाई उपचारका लागि सहज हुने नगरपालिकाको विश्वास छ । विशेष गरी आर्थिक अभावकै कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुका लागि नगरपालिकाले गरेको प्रयास अधिकतम लाभकारी हुने मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखा प्रमूख सुर्यप्रसाद पौडेलले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काँग्रेस मनाङद्वारा र्‍यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्‌स्याङदी समाचार, ०२ मसिर ।   नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क