Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

SITENAME

मर्स्याङदी समाचार, १० मंसिर ।
लैंगिङ हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्यसहित ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ अभियान सुरु भएको हो । अभियानका अवसरमा आइतवार लमजुङ सदरमुकाम बेसीशहरमा सचेतनामूलक र्याली र अभियानबारे अभिमुखिकरण कार्यक्रम भएको छ ।

 
र्याली पश्चात जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले अभियान पृष्ठभूमी तथा उदेश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा लमजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तवले लैङ्गिक अवधारण, लैङ्गिक हिसांको प्रकार, अपराध र कानुनी व्यवस्था, हिसां न्युनिकरणमा नेपाल प्रहरीको प्रयासहरुबारे जानकारी सँगै जिल्लाको त्रिवर्षिय अपराध तथ्यांक प्रस्तुत गर्नुभएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमान सिंह अर्यालले परम्परागत विभेदपूर्ण मुल्य मान्यताहरुले आज पनि जरो गाढेको बताउदै यस्ता मुल्यमान्यतालाई तोड्नुपर्ने वताउनुभयो । आधुनिक जिवनशैली, प्रविधिको विकास, बढ्दो समाजिक सञ्जालको प्रयोगले   विकृति विसंगतिले प्रश्रय पाएको भन्दै नगरप्रमुख अर्यालले यस्तो अवस्था आउनु हामी सवैको ागि अभिषाप भएको बताउनुभयो । 


समाजमा लैङ्गिक विभेद, महिला पुरुष दुवै हिसांमा परेपनि तुलनात्मक रुपमा महिलां हिसा व्यापक भएको नगरप्रमुख अर्यालले वताउनुभयो । हिसां न्यूनिकरणका लागि सामाजिक संस्कार, सभ्यतालाई व्यवस्थित गर्नुपर्ने, साइबर अपराध नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने नगरप्रमुख अर्यालको भनाई छ । 


बेसीशहर नगरपालिका उपप्रमुख पद्यमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख गुरुङले अभियानका क्रमममा विभिन्न सचेतना मूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले लैगिक हिसां विरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभई अन्य समयमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको भन्दै समाजमा कुनै पनि प्रकारका हिसां हुन नदिन र हिंसा नर्गन सवै प्रतिवद्ध हुनुपर्ने वताउनुभयो  


कार्यक्रमको सहजिकरण बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत मेघेन्द्र पोख्रेलले गर्नुभएको थियो । बेसीशहर नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सामाजिक विकास कार्यालय, ग्रामीण सामुदायिक विकास केन्द्र, वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सञ्चारिका समूह, कोशिस नेपाल, र नगरपालिकास्तरिय महिला सञ्जालको समन्वय तथा सहकार्यमा भएको र्याली सहितको कार्यक्रममा  जनप्रतिनिधि, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विभिन्न संघ सस्था, आमा समूह, सञ्चारकर्मी, नगरप्रहरी, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

 
सचेतनामूलक प्ले कार्ड र व्यानर सहित मनाङ्गेचौताराबाट निकालिएको र्यालीमा लैङ्गिक हिसां विरुद्ध जानकारीमूलक पर्चा वितरण गरिएको थियो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । 


यसवर्ष अभियानका क्रममा विद्यालय तथा समुदाय स्तरमा हिसां न्युनिकरण सम्वन्धी अभिमुखिकरण, परिसम्वाद कार्यक्रम, सूचनामूलक सन्देश जिङ्गल, अन्तरवार्ता जस्ता कार्यक्रम प्रसारण प्रकाशन गरिने भएको छ । 


यसैविच कार्यक्रमका सहभागिहरुले कुनै पनि किसिमको लैङ्गिक हिसां गर्ने छैन र म मार्थि हुने लैङ्गि हिसां सहने छैन । हिसांलाई पश्रय दिने खालको बोली व्यवहार प्रर्दशन नगर्ने, लैङ्गिक हिसामा परेका व्यक्तिलाई सक्दो सहयोग गर्ने र लैङ्गिक हिसां विरुद्धको यस अभियानमा ऐक्यवद्धता जनाउने प्रतिवद्धता सहित हस्ताक्षर गरेका थिए । 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काँग्रेस मनाङद्वारा र्‍यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्‌स्याङदी समाचार, ०२ मसिर ।   नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क