Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

त्रिवेणीकपले नवप्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा ढोका खोलेको छः मुख्यमन्त्री पाण्डे 

SITENAME

बसन्ता भट्ट बानिया, २० पौष । 
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणीकपले नवप्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने ढोका खोलेको बताउनुभएको छ । बेसीशहरमा आयोजित ३२ औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो वताउनुभएको हो । 


लमजुङमा पर्याप्त खेल संरचनाको अभावमा पनि त्रिवेणीकप प्रति आम नागरिकको आकर्षण लोभलाग्दो रहेको भन्दै मुख्यमन्त्री पाण्डेले त्रिवेणीकपमा राष्ट्रिय खेलाडि र टिमको सहभागिता सँगै  नवप्रतिभावान खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नको लागि ढोका खोलेको बताउनुभयो । 


गतवर्ष त्रिवेणीपकको समापनमा उपस्थित हुदाँ खेलमैदान स्तरउन्ननीका लागि आफुले गरेको प्रतिवद्धता अनुसार नै प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन गरेको वताउदै उहाँले  विनियोजित बजेट पाउने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो । 


त्रिवेणी कपले राष्ट्रिय स्तरमा पाएको चर्चा, आम नागरिकको खेलप्रतिको आकर्षणलाई मध्यनजर गर्दै प्रदेश सरकारले त्रिवेणी कप सञ्चालनको लागि वार्षिक १० लाख दिने गरी रातो कितावमा उल्लेख गरेको वताउनुभयो । अव प्रदेश सरकारको मुख्यमन्त्री जोसुकै भएपनि त्रिवेणी कप सञ्चालनको लागि प्रदेश सरकारबाट कम्तीमा १० लाख बजेट निरन्तर हुने गरी व्यवस्था मिलाएको उहाँको भनाई छ ।  


यस खेलको माध्यमबाट केहि मात्रामा भएपनि लमजुङको आर्थिक गतिविधि चलायमान भएको धारणा व्यक्त गनुभर्यो । खेलको माध्यमबाटै युवाहरुको प्रतिभा पहिचानसँगै खेडालीलाई व्यवसायिक रुपमा स्थापित गर्ने, नाम र दाम दुवै कमाउने अवस्थामा सृजना भन्दै मुख्यमन्त्री पाण्डेले खेल विकासमा प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो । 


कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालले खेलको विकास र प्रवद्र्धनको लागि त्रिवेणी क्लवले खेल्दै आएको भुमिका सह्रायिन रहेको बताउनुभयो । राज्यको प्रतिष्ठा र राष्ट्रिय एकतासँग जोडिएको खेलकुद क्षेत्रलाई अझ व्यवस्थित बनाउन सवैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धवहादुर गुरुङले सम्वोधन गर्नुभएको थियो । 


क्लवका अध्यक्ष राजकुमार घिमीरेको अध्यक्षतामा भएको समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डे, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिका अध्यक्ष सुर्यप्रसाद गुरुङ, स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृत, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको विशेष उपस्थिती रहेको थियो । 


क्लवका उपाध्यक्ष खुशीजङ गुरुङले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा क्लवका सचिव प्रविण वाग्लेले सहजिकरण गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काँग्रेस मनाङद्वारा र्‍यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्‌स्याङदी समाचार, ०२ मसिर ।   नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क