गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विषयमा लमजुङमा छलफल

मर्स्याङदी समाचार, १३ माघ ।
गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने विषयमा बनाएको विधयकका विषयमा लमजुङमा छलफल तथा सुझाव संकलन भएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्रि डा टकराज गुरुङको प्रमूख आतिथ्यतामा सदरमुकाम बेसीशहरमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले गण्डकी प्रदेशभित्र बहुसँख्यक नागरिकले बोल्ने मगर र गुरुङ भाषाको संरक्षण, संवद्र्धन तथा विकास गरी सरकारी कामकाजलाई सरल र सहज बनाउन सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको सहज पहुँच र प्रत्याभूतिलाई अभिवृद्धि गर्न खोजिएको बताउनुभयो । भाषिक विधयेकका विषयमा गण्डकी संसदमा कुनैपनि विबिध नभएकोले आगामी हिँउदे अधिवेशनमा नै प्रस्तुत हुने मन्त्री गुरुङको भनाई छ ।
प्रदेश सरकारले मगर भाषा र गुरुङ भाषालाई प्रदेश सरकारी कामकाजको भाषा बनाउन विधेयक तयार गरेको र त्यही विधेयकका आधारमा प्रदेशका विभिन्न जिल्लामा पुगेर सुझाव सङ्कलन गर्दै आएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका बन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, प्रदेश सभा सदस्य टिकाकुमारी बस्याल, प्रदेश सभा सदस्य यशोधा रिमाल, जिल्ला समन्वय समिति लमजुङका प्रमूख पुर्णबहादुर गुरुङ, सुन्दरवजार नगरपालिका प्रमूख कृष्णप्रसाद कोईराला, बेसीशहर उपप्रमूख पद्मा गुरुङ, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ लगायत विभिन्न राजनितिक दल, गुरुङ तथा मगर समुदायका अग्रज एवं संस्थागत प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले संविधानले दिएका भाषिक अधिकारलाई गण्डकी प्रदेश सरकारले कार्यन्वयन गर्न लागेको निर्णय स्वागत योग्य रहेको भन्दै प्रभावकारी कार्यन्वयनमा जोड दिन आग्रह गरेका थिए । भाषिक विधयेकले गुरुङ र मगर समुदायको भाषालाई सम्बोधन गर्दै गर्दा अन्य समुदायको भाषिक अधिकारलाई पनि गण्डकी प्रदेश सरकारले सम्बोधन गर्नुपर्ने सहभागीहरुको माग थियो ।
सामाजिक विकास, युवा तथा खेलकुद बिकास मन्त्रालयले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मन्त्रालयका सचिव नवराज ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्लास्थित गुरुङ तथा मगर समुदायले विधयेकका विषयमा संस्थागत रुपमा लिखित सुझाव समेत हस्तान्तरण गरेका थिए ।
गण्डकी प्रदेशमा मगर समुदायको बसोबास १८ दशमलव ८ प्रतिशत र गुरुङ समुदायको ११ प्रतिशत छ । गण्डकी प्रदेशभित्र मगर दोस्रो र गुरुङ चौथो ठूलो समुदायको रुपमा रहेको तथ्यांक रहेको छ ।

नेपाली काँग्रेस मनाङद्वारा र्यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो
मर्स्याङदी समाचार, ०२ मसिर । नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती
मर्स्याङदी समाचार, १७ कातिक । लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा
मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क








प्रतिकृया दिनुहोस