Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

तीन जिल्लालाई जोडेर गण्डकी साहित्य चक्र निर्माण गर्नुपर्छ : राष्ट्रपती पौडेल

SITENAME

मर्स्याङदी समाचार, २२ बैसाख । 


राष्ट्रपती रामचन्द्र पौडेलले लमजुङ, तनहुँ र कास्कीलाई जोडेर गण्डकी साहित्य चक्र निर्माणको लागि आग्रह गर्नुभएको छ । लमजुङको पुस्तुन बाहुनडाँडामा आयोजित राष्ट्रकवि मधवप्रसाद घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपती पौडेलले सो कुरा बताउनुभएको हो । 


कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरुलाई समेटी गण्डकी साहित्य सर्कल (चक्र) निर्माण हुनुपर्ने राष्ट्रपती पौडेलको भनाई थियो ।


भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवं पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको राष्ट्रपती पौडेलको भनाई थियो । ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा  जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्ष्यअनुसार अब तिव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने राष्ट्रपती पौडेलले बताउनुभयो । 


तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पु¥याएको सहयोगलाई कहिल्यै विर्सन नहुने राष्ट्रपती पौडेलको भनाई थियो । 


राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


राष्ट्रकवी माधव घिमीरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमीरेको अध्यक्षतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल, मस्र्याङदी वाङमय प्रतिष्ठानका अध्यक्ष विजय अधिकारी, राष्ट्रकवीका छोरा राजिव घिमीरे लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने राष्ट्रकवी घिमीरेको छोरी शान्ता घिमीरे अधिकारीले पिताको सम्झनामा कविता बाचन गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

नेपाली काँग्रेस मनाङद्वारा र्‍यालीसहित विपी कोइरालाको शालिक भित्र्याइयो

मर्‌स्याङदी समाचार, ०२ मसिर ।   नेपाली काँग्रेस मनाङले पार्टीको नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालाको शालिक जिल्ला भित्र्याएको छ । नेपाली

SITENAME

लमजुङका १५ वर्षिय गितारिष्ट समिप न्यौपानेको टर्कीमा मौलिक प्रस्तुती

मर्स्याङदी समाचार, १७ कातिक ।   लमजुङका १५ वर्षिय युवाले अन्तराष्ट्रिय गितार बजाउने प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रस्तुती दिएका छन् ।

SITENAME

आर्थिक अभावले अध्ययन समस्यामा परेका गुरुङलाई विद्या विकास माविद्धारा निशुल्क शिक्षा

मर्स्याङदी समाचार, ०९ भदौ । आर्थिक अभावकै कारण औपचारिक अध्ययनका लागि समस्यामा परेका एक बालकलाई बेसीशहरस्थित एक निजी विद्यालयले आवाससहित निशुल्क