Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

“तिमी त मेरो स्कुले माया“

SITENAME

खुशीमाया गुरुङ, २ जेठ २०८२
विद्यालय जीवन, जहाँ जीवनको पहिलो अक्षर मात्र होइन, पहिलो प्रेमको मीठो अनुभूति पनि सुरु हुन्छ । त्यो बेलाको माया साधारण थिएन—न स्वार्थ, न अपेक्षा—केवल साँचो भावनाले भरिएको ।


तिमी त मेरो स्कुले माया । जब हामी एउटै बेन्चमा बसेर किताब पल्टाउँथ्यौं, मनभित्र तिमीप्रतिको आकर्षण अलि अलि बढ्दै गइरहेको थियो। तिमी सँधै तेजस्वी थियौ—जाँचमा तिमी सधैं अघि, म त केवल तिमीलाई हेर्ने बहानामा पछि । कहिले काँही तिमीले उत्तरपुस्तिका सरसर सारेर मलाई देखाएको त्यो एकपटकको नजर, म कसरी बिर्सन सक्छु र ? परीक्षा सकिएपछि सबैले नयाँ बाटो रोज्दै थिए ।


एकदिन तिमीले मुस्कुराउँदै भन्यौ, “हाम्रो एसएलसी त सकियो, अब बिहे गरौं है?“ म चुप लागेँ । केही बेरको मौनतापछि भनेँ, “अहिले होइन है, हामीले अझै पढ्नुपर्छ । जिन्दगी लामो छ, सपना धेरै छन् । म तिमीलाई जीवनभर साथ दिन चाहन्छु, तर त्यो साथ बुझेर, सक्षम भएर ।“ त्यसपछि समयले हामीलाई छुट्यायो । तिमी कहाँ गयौ, म कहाँ हराएँ—जीवन आफ्नै गतिमा अगाडि बढिरह्यो । तर ती स्कुले दिन, तिम्रो त्यो एक मुस्कान, त्यो एक चुपचाप साथ—आज पनि मेरो सम्झनाको कुनामा ताजै छ ।


स्कुले माया केवल बालापनको खेल थिएन । त्यो त जीवनमा साँचो प्रेमको पहिलो र सायद सबैभन्दा निर्दोष अनुभव थियो । त्यसैले त आज पनि जब म एक्लो हुन्छु, तिमीलाई सम्झन्छु—सधैंभरि । तिमी त मेरो स्कुले माया, जसले मलाई पढ्न, बढ्न, र जीवन बुझ्न सिकायौ । “समय र परिस्थितिले हाम्रो प्रेमलाई पूरा हुन दिएन । जब हामी फेरि भेट्यौं, तब जीवनले फरक मोड लिइसकेको थियो । विछोडले हामीलाई टाढा मात्र बनायो, हृदयमा बाँकी रह्यो त केवल अधुरो प्रेमको पीडा ।“ त्यसैले आज कोर्दै छु तिम्रै नामको कविता ।

 

तिमी त मेरो स्कुले माया,
कापीको पाना जस्तै सफा र सादा ।
जाँचको घडीमा तिमी अघि म पछि,
तिमीले सारेको उत्तर, मनले राख्थ्यो सम्झि ।

 

ती झ्यालका छेउमा बसेर हेरिरहेको नजर,
आज पनि आँखा चिम्लँदा देख्छु छरपस्ट । 
घण्टी बज्दा जुरुक्क उभिने,
साथीसँगै घर फर्किने त्यो बाटो अझै बिझ्छ मनमा ।

 

एसएलसी सकिएपछि भनेका थियौ 
“अब त बिहे गरौं न!“
तर मैले भनें “हिजो हामी सँगै पढ्थ्यौं,
अब जीवनको पाठ पनि पढ्नु छ,
बिहे पछि गरौं, जब भविष्य तयार हुन्छ ।“

 

समयले तिमीलाई कतै टाढा लग्यो होला,
तर स्कुले दिनहरु अझै यादमा ताजै छन् 
कलम, कापी र तिमी 
मेरै स्मृतिका अमिट अक्षरहरु

 

प्रतिकृया दिनुहोस
SITENAME

सहकारी माथिको बिश्वास टुटाउने क्रियाकलाप नहोस 

बासु सेढाई सर्वसाधारण नागरिकको सानो ठुलो रकम संकलन गरेर त्यसलाई उत्पादन कार्यमा लगाउने, त्यसबाट प्राप्त मुनाफाले आफु चल्ने र बचतकर्तालाई पनि फाईदा

SITENAME

सभ्य र समुन्नत बेसीशहरका लागि नागरीक सुझाव 

बासुदेव सेढाई  स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको प्रमुखमा भारि बहुमतका साथ विजयी भएर पुन दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नु

SITENAME

दोर्दी ४ नौथरका किसानलाई अनुदानमा मौरी सहितको घार वितरण 

मर्स्याङ्दी समाचार, पुर्वि  लमजुङको दोर्दी गाउँपालिकाले किसानलाई  मौरी सहितको घार  वितरण गरेको छ ।    दोर्दी गाउँपालिका कृषि शाखाले